Tuesday, June 9, 2026
spot_img

बिजुली काटिएका उद्योगमा तत्काल बिजुली जोड्न कुलमानलाई प्रधानमन्त्रीको निर्देशन

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिजुली काटिएका उद्योगमा आज नै बिजुलीको लाइन जोड्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आज डेडिकेटेड तथा ट्रंकलाइनको बिजुली बक्यौता महसुल विवादमा छलफल गरेका थिए ।

ओलीले आज ऊर्जा मन्त्री दीपक खड्का, उद्योगी, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । छलफलपछि ओलीले यो विवादमा थप छलफल गरेर छिट्टै समाधान निकाल्ने भन्दै बिजुलीको लाइन भने तुरुन्त जोड्न निर्देशन दिएका हुन् । संचालक समितिको बैठक बस्न सम्भव नभए आज लाइन जोडेर बैठक पछि बसेर निर्णय गराउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

डेडिकेटेड तथा ट्रंकलाइनको बिजुली बक्यौता महसुल विवादबारे समाधान खोज्न लाल आयोग गठन भएको थियो । उद्योगीहरुले सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । मन्त्रिपरिषदले समेत लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गर्ने निर्णय गरिसकेको अवस्थामा प्राधिकरणले पूरानै शैलीमा बिना प्रमाण बिल तिर्न आउनु भन्दै पत्राचार गरेको उद्योगीहरुको गुनासो छ ।

प्राधिकरणले भने ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार उद्योगहरुबाट बाँकी बक्यौता उठाउन निर्देशनसहितको पत्र आएपछि २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीहरुलाई पत्र पठाइएको बताएको छ । प्राधिकरणले असार ९ र १० गते विभिन्न उद्योगहरुलाई ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बक्यौता तिर्न १५ दिनको ‘अल्टिमेटम’सहित पत्र पठाएको थियो ।

१५ दिनभित्र बक्यौता दाखिला गर्नु भनिएकोमा उद्योगीहरुले अटेर गरेपछि प्राधिरकणले फेरि लाइन काट्न थालेको छ । प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको विद्युत लाइन काटिसकेको छ ।

उद्योगी र प्राधिकरणबीच विवाद चर्किएको बेला प्रधानमन्त्री ओलीले यसको समाधानको लागि पहल गरेका हुन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img