spot_img

बिजुली काटिएका उद्योगमा तत्काल बिजुली जोड्न कुलमानलाई प्रधानमन्त्रीको निर्देशन

spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिजुली काटिएका उद्योगमा आज नै बिजुलीको लाइन जोड्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आज डेडिकेटेड तथा ट्रंकलाइनको बिजुली बक्यौता महसुल विवादमा छलफल गरेका थिए ।

ओलीले आज ऊर्जा मन्त्री दीपक खड्का, उद्योगी, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । छलफलपछि ओलीले यो विवादमा थप छलफल गरेर छिट्टै समाधान निकाल्ने भन्दै बिजुलीको लाइन भने तुरुन्त जोड्न निर्देशन दिएका हुन् । संचालक समितिको बैठक बस्न सम्भव नभए आज लाइन जोडेर बैठक पछि बसेर निर्णय गराउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

डेडिकेटेड तथा ट्रंकलाइनको बिजुली बक्यौता महसुल विवादबारे समाधान खोज्न लाल आयोग गठन भएको थियो । उद्योगीहरुले सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । मन्त्रिपरिषदले समेत लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गर्ने निर्णय गरिसकेको अवस्थामा प्राधिकरणले पूरानै शैलीमा बिना प्रमाण बिल तिर्न आउनु भन्दै पत्राचार गरेको उद्योगीहरुको गुनासो छ ।

प्राधिकरणले भने ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार उद्योगहरुबाट बाँकी बक्यौता उठाउन निर्देशनसहितको पत्र आएपछि २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीहरुलाई पत्र पठाइएको बताएको छ । प्राधिकरणले असार ९ र १० गते विभिन्न उद्योगहरुलाई ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बक्यौता तिर्न १५ दिनको ‘अल्टिमेटम’सहित पत्र पठाएको थियो ।

१५ दिनभित्र बक्यौता दाखिला गर्नु भनिएकोमा उद्योगीहरुले अटेर गरेपछि प्राधिरकणले फेरि लाइन काट्न थालेको छ । प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको विद्युत लाइन काटिसकेको छ ।

उद्योगी र प्राधिकरणबीच विवाद चर्किएको बेला प्रधानमन्त्री ओलीले यसको समाधानको लागि पहल गरेका हुन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...