Thursday, May 7, 2026
spot_img
spot_img

आर्थिक सुधार सुझाव आयोगलाई फागुनमा मात्रै १ करोड ६८ लाख निकासा, खानाको मात्रै १२ लाख

spot_img
spot_img

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका लागि सरकारले फागुनमा मात्रै पौने झण्डै १ करोड ७० लाख रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई १ करोड ६८ लाख ८३ हजार रुपैयाँ निकासा दिइएको हो । यो रकम अर्थले फागुन महिनामा गरेको रकमान्तरको मात्रै हिसाब हो ।

असोज २१ गते गठित उक्त आयोगलाई अर्थले २ शीर्षकमा निकासा दिएको हो । जसअनुसार, आयोगको काममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ताबापत थप १ करोड ५७ लाख ८ हजार रकमान्तर गरी निकासा गरेको अर्थ मन्त्रालयले खाना र खाजाका लागि ११ लाख ७५ हजार निकासा दिएको छ ।

आयोगलाई सहयोग गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता, सचिवालय सञ्चालन र कार्यालय समयको अतिरिक्त समयमा काम गरेबापत अर्थ मन्त्रालयका कर्मचारीलाई खाना र खाजाका लागि भनेर अर्थले ११ लाख ७५ हजार रुपैयाँ थप निकासा दिएको हो ।

यद्यपी, यो आयोगका लागि कुल कति रकम दिइयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

खनाल आयोगले चैत २९ गते अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन बुझाएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...

अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा महासंघले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम कार्यान्वयन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम...

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स...
spot_img