Saturday, May 9, 2026
spot_img

‘हिमालय उर्जाको यस आर्थिक वर्षको आम्दानी उत्साहजनक छ’

spot_img
spot_img

हिमालय उर्जा विकास कम्पनी लिमिटेडले यहि साउन २४ गतेदेखि हकप्रद शेयर निष्काशन गरिरहेको छ । कम्पनीले १ः१ को अनुपातमा अर्थात् सत प्रतिशतले हुन आउने कुल जम्मा ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

यस शिलशिलामा बिजनेशपाना डटकमले कम्पनीले सञ्चालन गरिरहेको आयोजनाको अवस्था, कम्पनीको वित्तीय अवस्था, भावी योजना लगायतका विविध विषयमा कम्पनीका अध्यक्ष हरि प्रसाद पाण्डेसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

कम्पनीले सञ्चालन गरिरहेको आयोजनाको अवस्था कस्तो छ ?
कम्पनीले रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.–१ मा १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत आयोजना र ७ मेगावट क्षमताको अपर खिम्ती -II जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उपल्लो खिम्तीले २०७९ असार ६ गते देखि र अपर खिम्ती -II ले २०७९ जेठ १७ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको हो । संयुक्त रुपमा दुवै आयोजनाको कुल लागत ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत १९ करोड ९० लाख रुपैयाँ रहेको छ ।

विगतमा नेपाल विद्युत प्राधिकरणले खिम्ती गज्र्याङ्ग १३२ KV प्रसारण लाइन समयमा नबनाइदिएका कारण आयोजनाको लागतमा ठूलो रकमले ब्याज (IDC) बढेको थियो । अर्को तर्फ व्यापारीक उत्पादन सुरु भए पछि पनि पुरै बिजुली बिक्री भईरहेको थिएन । तर अब भने प्रसारण लाइन निर्माण सम्पन्न भईसकेको छ, र २०८१ साउन महिनामा उत्साहजनक अथवा १०० प्रतिशत भन्दा बढी बिजुली उत्पादन र विक्री भएको छ ।

कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

विगतमा प्रसारण लाइनको समस्या कै कारण पुरै बिजुली बेच्न पाएका थिएनौ । त्यसैले स्वभाविक रुपमा आम्दानी कम भएको थियो । त्यस्तो अवस्थामा पनि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आम्दानी करिव १९ प्रतिशतले बढेर ३३ करोड २९ लाख पुगेको छ । उपल्लो खिम्ती १२ मे.वा.को ९ वर्ष र अपर खिम्ती -II ७ मे.वा.को ५ वर्ष सम्म विद्युत विक्री दरमा ३% ले बृद्धि हुँदै जाने व्यवस्था रहेको छ जसको कारणले गर्दा आगामी वर्षहरुमा पनि विद्युत विक्रीबाट हुने आम्दानीमा बृद्धि हुने छ । यसको साथै यो वर्ष देखी उत्पादित सबै बिजुली विक्री गर्न पाउने सम्भावना भएको हुँदा गत वर्षको तुलनामा विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य बृद्धि हुनेछ ।

हकप्रदको रकम के मा प्रयोग हुन्छ ?
हकप्रद शेयरबाट संकलित रकम हकप्रद निश्कानको लागि भएको खर्च कटौती गरी आयोजनाको ऋण भुक्तानीमा प्रयोग गरिनेछ । कम्पनीले दुई वटा आयोजना निर्माण प्रयोजनार्थ २ अर्ब ८५ करोड बैंक ऋण लिएको थियो । कम्पनीले हाल सम्म साँवा व्याज रकम समयमै भुक्तानी गर्दै आइरहेको छ । अब तिर्न बाँकि कुल ऋण २ अर्ब ८४ करोड रहेको छ । हकप्रदबाट संकलन हुने रकम यहि ऋण घटाउन प्रयोग गरिने छ ।

कम्पनीले लगानीकर्तालाई कहिले मुनाफा वितरण गर्न सक्छ ?
विद्युत प्राधिकरणले समयमा खिम्ती गर्जाङ १३२ केभी प्रसारण लाइन नबनाईदिएको कारण बैंक व्याज रकम (IDC) बृद्धि भई आयोजना लागत बढन गएको हो । व्यापारीक उत्पादन सुरु भए पछि पनि कम्पनीले पुरै बिजुली विक्री गर्न पाएन, सोहि कारण अहिलेसम्म शेयरधनीलाई लाभांश दिन सकिएको छैन । यस आ.व.बाट पुरै विद्युत बिक्री भईरहेको छ, साउनको विद्युत बिक्रीको आम्दानी उत्साहजनक छ, हकप्रदबाट प्राप्त रकमले बैंक ऋण घट्ने छ, बैंकको ऋणको ब्याज पनि निरन्तर घटदै गएको छ । यी कारणले कम्पनीको आर्थिक अवस्था राम्रो हुँदै जाने छ र आगामी वर्षबाट लाभांश वितरण गर्न सकिनेमा हामी आशावादी रहेका छौ ।

कम्पनीले अन्य दुई वटा जलविद्युत आयोजनामा पनि लगानी गरेको छ, ति आयोजनाको आयले पनि कम्पनीको मुनाफा बढाउने छ । हाल कम्पनीले निलगंगा हाइड्रोपावर कम्पनीमा शेयर लगानी गरेको छ । यस कम्पनीले दोलखा र रामेछाप सिमाना भई बग्ने खिम्ती र घ्वाङ खोलामा ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ खोला जलविद्युत आयोजना र मनाङ जिल्लामा रहेको सुती खोलामा २१ मेगावाटको सुती खोला जलविद्युत आयोजना निर्माणका लागी लगानी गरेको छ । यी आयोजनाहरु निर्माण भए पछि कम्पनीको मुनाफा बढ्ने छ ।

अन्त्यमा लगानीकर्तालाई के संदेश दिन चाहनुहुन्छ ?
कम्पनीले लगानीकर्तालाई लाभांस उपलव्ध गराउन पूर्ण प्रयत्न गरी रहेको छ । आयोजनाको निर्माण कार्यको गुणस्तर राम्रो छ भने यसमा प्रयोग भएका मेसिनरी इक्विपमेन्टहरु विश्वविख्यात जापानको तोसिवा कम्पनीसँग खरीद गरी जडान गरिएको छ । कम्पनीको समग्र अवस्थालाई आधार मान्दा दिर्घकालिन रुपमा लगानीकर्तालाई राम्रो प्रतिफल दिँदै जाने आशा गरेका छौँ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...
spot_img