Friday, July 3, 2026
spot_img

भिस्तारा नेपालले दार्चुला पावर लिमिटेडमा लगानी गर्ने

spot_img

ट्रेड टावर ग्रुप अन्तर्गतको इन्भेष्टमेन्ट कम्पनी भिस्तारा नेपाल लिमिटेडले दार्चुला पावर लिमिटेडमा लगानीको सम्झौता गरेको छ। आज बिहिबार भएको सम्झौतामा दार्चुला पावरको तर्फबाट संचालक संजिव न्यौपाने र भिस्तारा नेपालको तर्फबाट प्रबन्ध संचालक सौगात दंगालले हस्ताक्षर गरेका छन् ।

दार्चुला पावरले दार्चुलामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल लागत ५६६ करोड रहेको छ ।

भिस्तारा नेपाल लिमिटेडले भने ऊर्जा, पर्यटन तथा आतिथ्य,  भौतिक पूर्वाधार, उत्पादन तथा प्रशोधन, कृषि / कृषि उद्योगहरू, शिक्षा तथा स्वास्थ्य सेवा,  लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । कम्पनीले यस अघि मेरो किसानमा लगानीको सम्झौता गरेको थियो ।  भिस्तारा नेपालले सन् २०८५ सम्म आईपीओ निष्काशन गर्ने र चुक्ता पुँजी १ अर्ब पुर्याउने योजना बनाएको छ । कम्पनीमा ट्रेड टावर ग्रुपका संस्थापकहरु कै मुख्य लगानी रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...
spot_img