Monday, May 4, 2026
spot_img
spot_img

नेपालको हरित अर्थतन्त्र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

spot_img
spot_img

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस (International Day of Clean Energy) को अवसरमा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन” आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघले “पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणको लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्ने” उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई “अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस (International Day of Clean Energy)” को रुपमा मनाउने घोषणा गरेको सन्दर्भमा सोही अवसर पारेर उक्त सम्मेलन आयोजना गरिएको हो ।

काठमाडौंमा आयोजित उक्त सम्मेलनको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हाले उद्‍घाटन गरेका थिए। उद्‍घाटन समारोहमा बोल्दै मन्त्री सिन्हाले नेपालको संविधान, २०७२ ले निर्दिष्ट गरे बमोजिमको सबैको लागि सुलभ, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गर्ने नेपाल सरकारको लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण सरोकारवाला निकायहरुबीच निरन्तर सहकार्यको जरुरी रहेको बताए । साथै मन्त्री सिन्हाले केन्द्रले गर्दै आएका नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी कार्यहरु देशका दुर्गम क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण सावित भएको एवं नेपाल सरकारले अवलम्बन गरेको न्यून कार्बन विकास मार्गचित्र सँग प्रत्यक्ष रुपमा सम्बन्धित भएकोले यी कार्यहरुले नेपालले सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने कार्यमा प्रत्यक्ष योगदान पुर्‍याउने बताए ।

साथै उनले हाल तर्जुमाको क्रममा रहेको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको स्वीकृति पश्चात् नेपालमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको प्रवर्द्धनका लागि सशक्त कानुनी र नियामक ढाँचा निर्माण र नयाँ ऐन अनुसार यस केन्द्रको संस्थागत पुनर्संरचना भई नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताका क्रियाकलापहरु एकीकृत रुपमा सञ्‍चालन गर्न थप बलियो कानूनी आधार खडा हुने बताए  । उनले सम्मेलनबाट प्राप्त निष्कर्ष तथा सुझावहरु मन्त्रालयको लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको विकास गर्न महत्वपूर्ण नीतिगत पृष्ठपोषण हुने विश्वास व्यक्त गर्दै कार्यक्रम आयोजना गरेकोमा केन्द्र र सहयोगी निकायहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले विश्वव्यापी रुपमा बढ्दो जलवायु परिवर्तनबाट सिर्जित नकारात्मक असरहरुलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको अत्यन्तै ठूलो महत्व रहेको बताए । नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तनबाट कम विकसित मुलुकहरुलाई पर्ने असर र सो को न्यूनीकरण सम्बन्धी सवालहरुलाइ निरन्तर उठाउँदै आएको बताउँदै उनले देशको कूल ऊर्जा खपतमा ६० प्रतिशत भन्दा बढी परम्परागत ऊर्जाको हिस्सा रहेकोले स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्रमा फड्को मार्न अझै यस क्षेत्रमा धेरै कार्य गर्नुपर्ने आवश्यकता औल्याए । साथै उनले नेपाल सरकारले दीर्घकालीन नीति, रणनीति तथा आवधिक योजनाहरुमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको विकास र विस्तारलाई उच्च प्राथमिकता दिंदै आएकोले ऊर्जा उत्पादनमा प्रतिस्पर्धात्क क्षमता वृद्धि गरी सबै क्षेत्रमा सस्तो र सुलभ ऊर्जा उपलब्ध गराउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य प्रा.डा. सुनीति श्रेष्ठ हाडाले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको माध्यमबाट बढ्दो जलवायु परिवर्तनबाट सिर्जित नकारात्मक असरहरुलाई न्यूनीकरण गर्न केन्द्रले निर्वाह गर्दै आएको भूमिका प्रसंशनीय रहेको बताउँदै केन्द्रले गर्दै आएका कार्यहरुले दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताईन्। साथै उनले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धमा नेपाल सरकारले लिएको विभिन्न अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा राष्ट्रिय लक्ष्यहरु हासिल गर्न सरकारले दीर्घकालीन नीति, रणनीति तथा आवधिक योजनाहरुमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको विकास र विस्तारलाई उच्च प्राथमिकता दिइँदै आएको बताईन्।

उद्‍घाटन समारोहको अध्यक्षता गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जिवी चटौतले कार्यक्रमले हरित अर्थतन्त्रको विकासको लागि यस क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुलाई नेपालमा स्वच्छ उर्जा प्रयोगको वर्तमान अवस्था, उपलब्धी, अवसर र चुनौतीहरुको अनुभव आदान प्रदान गर्न सम्बन्धित सरोकारवाला निकायहरुलाई एउटै मञ्‍चमा उपस्थित हुने अवसर प्रदान गरेको बताउँदै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न खनिज इन्धनको प्रयोगमा कम गर्दै र स्वच्छ, किफायती, दिगो र भरपर्दो ऊर्जाको विकासको लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । साथै उनले पछिल्लो समय केन्द्रद्वारा दिगो ऊर्जा च्यालेञ्ज फण्डको सहयोगमा सञ्चालित नवीकरणीय ऊर्जा परियोजनाहरुको उपलब्धी एकदमै राम्रो रहेकोले दिगो ऊर्जा च्यालेञ्ज फण्डमा आधारित कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए  । उनले हालै मात्र स्वीकृत भएको “कार्बन व्यापार नियमावली, २०८२” ले कार्बन व्यापार सञ्चालन गर्न आवश्यक कानुनी आधार तय गरेको एवं नियमावलीले थप कार्बन आयोजनाहरु विकास गर्न मार्ग प्रशस्त गरेको बताए । कार्बन आयोजना विकास गरिने क्षेत्र मध्ये ऊर्जा क्षेत्रसँग सम्बन्धित आयोजनाको राष्ट्रिय कार्बन रजिष्ट्री व्यवस्थापन गर्ने जिम्मेवारी केन्द्रले लिन उपयुक्त हुने देखिएको हुँदा सो सम्बन्धी आवश्यक निर्णयका लागि वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरिएको बताए ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दिगो ऊर्जा च्यालेञ्ज फण्डमा आधारित कार्यक्रम, केन्द्रले हासिल गरेका हालसम्मका उपलब्धी, न्यूनकार्बनीकरणमा केन्द्रको योगदान एवं केन्द्रको आगामी मार्ग चित्रबारे प्रस्तुती दिएका थिए । कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक ढकालले केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको माध्यमबाट घरायसी, औद्योगिक, व्यावसायिक, यातायात, कृषि लगायतका क्षेत्रमा न्यून कार्बनीकरण (डिकार्बनाइजेसन) मा योगदान पुर्‍याएको बताउनुभयो ।साथै उहाँले यस क्षेत्रको विकासको लागि नेपाल सरकार र विकास साझेदारहरुको सहयोगमा दिगो ऊर्जा च्यालेञ्ज फण्डलाई नवीनतम कार्यक्रम ढाँचाको रुपमा सफल कार्यान्वयन गरिएको बताउँदै यसलाई थप विस्तार गर्नका लागि विकास साझेदारहरुको निरन्तर सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपालको लागि युरोपियन युनियनको राजदुत भेरोनिक लरेन्जोले दिगो विकासका लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा लगानी वृद्धि गर्नुपर्ने बताईन्। साथै उनले युरोपियन युनियन र बेलायत सरकारको सहयोगमा कार्यान्वयन भएको दिगो ऊर्जा च्यालेञ्ज फण्डमा आधारित कार्यक्रमले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउँदै यस्ता कार्यक्रमलाई युरोपियन युनियनको तर्फबाट निरन्तर सहयोग रहने बताईन् ।

सम्मेलनको अवसरमा समारोहमा प्रमुख अतिथिबाट दिगो ऊर्जा च्यालेञ्ज फण्ड अन्तर्गत कार्यान्वयन गरिएका कार्यक्रमका उपलब्धीहरु समेटेर तयार गरिएको पुस्तक “लिभरेजिङ्ग एचिभमेन्ट इन सस्टेनेबल इनर्जी: एचिभमेन्ट अफ सस्टेनेबल इनर्जी च्यालेञ्ज फण्ड” नामक पुस्तक विमोचन गरिएको थियो ।

केन्द्रका नायव कार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारीले सम्मेलनको उद्देश्यबारे चर्चा गर्दै विगतको सम्मेलनमा भएका छलफल, नेपालको ऊर्जा खपतको अवस्थालाई मध्यनजर गर्दै आज आयोजित यस कार्यक्रमले देशको न्यून कार्बनीकरणका प्राथमिकता सम्बन्धमा बहस/छलफल, लगानी संयन्त्रको पहिचान, कार्बन बजारको माध्यमबाट न्यून कार्बनीकरणका अवसरहरुको पहिचान एवं सरोकारवालाहरुबीचको समन्वय र साझेदारीलाई बलियो बनाउने उद्देश्य लिएको बताए । कार्यक्रम सञ्चालन केन्द्रको उपनिर्देशक पार्वता भट्टले गरेकी थिइन्। कार्यक्रममा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रका २५० भन्दा बढीको सहभागिता रहेको थियो ।

उद्‍घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानका सह प्राध्यापक एवं ऊर्जा अध्ययन केन्द्रका निर्देशक डा. श्रीराज शाक्यले “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” सम्बन्धी प्रस्तुती दिएका थिए । डा. शाक्यको सो प्रस्तुतीमा विशेष गरी विश्वमा कार्बन उत्सर्जन, ऊर्जा रुपान्तरण र हरित ऊर्जा विकासको अवस्था, नेपालको परिवेशमा कार्बन उत्सर्जन तथा ऊर्जा रुपान्तरण सम्बन्धी अवधारणा, ऊर्जाको माध्यमबाट हरित अर्थतन्त्रको विकासको लागि गर्नुपर्ने कार्यहरु स्वच्छ ऊर्जा रुपान्तरणको माध्यमबाट दिगो विकासका लक्ष्य हासिलका मार्गचित्र लगायतका विषयवस्तुहरु समेटिएका थिए ।

केन्द्रका अनुसार सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी/गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक/प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ताहरु, यस क्षेत्रका अभ्यासकर्ता (Practitioners), निजी क्षेत्र, सञ्‍चार जगत, नगारिक समाज एवं क्षेत्रगत विज्ञहरु एउटै मञ्चमा उपस्थित भई स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्रको विकासमा तिव्रता दिनको लागि रणनीतिक दृष्टिकोण सम्बन्धी छलफल/अन्तर्क्रिया गर्ने अवसर जुटाएको छ ।

कार्यक्रममा निम्न विषयवस्तुमा आधारित रहेको ३ वटा प्राविधिक सत्र (Technical Session) सञ्चालन गरिएको थियो : (१) स्वच्छ ऊर्जा तथा कार्बन बजारको माध्यमबाट न्यून कार्बनीकरण सम्बन्धी पहल (Decarbonization Initiative through Clean Energy and Carbon Markets) (२) ऊर्जा दक्षताको माध्यमबाट न्यून कार्बनीकरण (Decarbonization through Energy Efficiency) र (३) न्यून कार्बनीकरणको लागि स्वच्छ ऊर्जा र विद्युतीय सवारी (इ-मोबिलिटी) मा लगानी (Financing for Decarbonization in Clean Energy and E-Mobility) ।
सम्मेलनबाट सम्बन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुतीकरण एवं छलफलबाट अर्थतन्त्रको न्यून कार्बनीकरणका अवसर तथा चुनौतिहरु एवं मिश्रित लगानीबाट लिन सकिने लाभको पहिचान गर्न सहयोग पुगेको छ भने स्वच्छ ऊर्जा क्षेत्रको लगानीलाई स्तरोन्नति गर्दै विकास साझेदारहरुबीचको सहकार्यलाई थप बलियो बनाएको केन्द्रले जनाएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रही नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा कार्य गर्ने प्रमुख निकायको रुपमा रहेको छ । केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरुको प्रवर्द्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने र ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरुसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको छ । यसको साथै नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन परियोजनाहरुको विकास तथा हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकाय (Direct Access Entity) को रुपमा समेत कार्य गर्दै आएको छ ।

केन्द्रको स्थापनाकालदेखि आ.व. २०८२/८३ को पौष मसान्त सम्मको समग्र भौतिक प्रगति विवरणलाई हेर्दा ४०,७१७ किलोवाट लघु तथा साना जलविद्युत आयोजना; ११,१०४ सुधारिएको पानीघट्ट जडान; १०,००,७८९ वटा घरेलु सौर्य विद्युत प्रणाली; ४,५४० वटा संस्थागत सौर्य विद्युत प्रणाली ; ३,५९३ किलोवाट पिक सौर्य मिनिग्रीड रु सौर्य वायु मिनिग्रीड जडान; ३६,४२९ किलोवाट पिक सौर्य रुफटप; २४६४ वटा सौर्य ड्रायर तथा कुकर जडान; ४,४५२ वटा सौर्य खानेपानी तथा सिंचाइ पम्प; १५६५३१ वटा फलामे सुधारिएको चुलो ; ३३ वटा संस्थागत ग्यासिफायर; १४६५९८ वटा विद्युतीय चुलो; ४५६७६६ वटा घरायसी बायोग्यास; १४२३२४२  वटा सुधारिएको माटोको चुलो; ३७८ वटा संस्थागत, शहरी तथा व्यवसायिक वायोग्यास; १७६६ वटा ऊर्जाको उत्पादनमूलक परिप्रयोग; ३,३०९ वटा सौर्य सडक वत्ती र ४,८६५ वटा मठ, मन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा प्रणाली जडान सम्पन्न भएका छन् ।

केन्द्रले हालसम्म समग्रमा देशको करीब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्‍याएको छ । कूल विद्युत पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करीब ६ प्रतिशत रहेको छ । विद्युत पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको क्षेत्रमा केन्द्रले विशेष जोड दिंदै आएको छ ।नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरु क्रियाशील रहेका छन् जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ४० हजार भन्दा बढी रोजगारी सिर्जना भएको छ ।

साथै केन्द्रले सन् २००५ देखि नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन व्यापार सम्बन्धी कार्यको थालनी गरेको हो ।केन्द्रले स्वच्छ विकास संयन्त्र अन्तर्गत ८ वटा आयोजनाहरुबाट हालसम्म कूल ६६ लाख ८० हजार मेट्रिक टन युनिट प्रमाणित कार्बन उत्सर्जन न्यूनीकरण उत्पादन गरी ‍‍‍‍‍कार्बन व्यापार मार्फत करीब ३६.०११ मिलियन अमेरिकी डलर आम्दानी गरेको छ भने यी कार्बन परियोजनाको सञ्चालनबाट भविष्यमा थप आम्दानी हुने सुनिश्चित गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img