Monday, May 4, 2026
spot_img
spot_img

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाबाट प्रभावितलाई सीपमूलक तालिम सुरु

spot_img
spot_img

रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका घरपरिवारका सदस्यहरूको स्वरोजगार, रोजगारी तथा सीप अभिवृद्धि गर्दै स्थानीय जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम कार्यक्रम सुरु गरेको छ । आयोजनाबाट पहिलो चरणमा रसुवाको राम्चे, कालिकास्थान लगायतका गाउँका आयोजना प्रभावित ४० जनालाई तालिम प्रदान गर्न सुरु गरिएको छ ।

आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.ले कालिका गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेको उक्त तालिमको मंगलबार वडा नं १ कार्यालयमा आयोजित कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको छ । आयोजना प्रभावित घरपरिवारको आवश्यकता, माग तथा सम्भाव्यताको आधारमा २० जनालाई केयर गिभर र २० जनालाई होटल सञ्चालन सम्बन्धी तालिम प्रदान गर्न सुरु गरिएको हो ।

आगामी चरणमा आयोजनाबाट प्रभावित पालिका अन्य वडाहरूमा समेत क्रमशः तालिम कार्यक्रम विस्तार गरिनेछ । समग्रमा यस कार्यक्रममार्फत आयोजना प्रभावित समुदायका करिब ३७० जनालाई सीपमूलक तालिम दिने लक्ष्य राखिएको छ ।

उद्घाटन कार्यक्रममा कालिका गाउँपालिका वडा नं.१ का अध्यक्ष दावा तामाङले मागमा–आधारित र वडास्तरमै सञ्चालन गरिएको तालिमबाट स्थानीय सहभागिता सहज बनाएको उल्लेख गरे । यस किसिमका कार्यक्रमले स्थानीय स्तरमै दक्ष जनशक्ति विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै उनीहरुले तालिम अवधिभर सक्रिय सहभागिता जनाई सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत सङ्घी माले सीपमूलक तालिममार्फत आयोजना प्रभावित घरपरिवारको सामाजिक तथा आर्थिक अवस्था सुदृढ बनाउनेतर्फ कम्पनी प्रतिबद्ध रहेको बताए ।

उनले आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत आयोजना प्रभावित गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति संरक्षण, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन अभिवृद्धि लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।

सन् २०१८ मा गरिएको माग–आधारित मूल्याङ्कन आधारमा प्रभावित क्षेत्रमा सञ्चालन गरिने विभिन्न तालिम कार्यक्रम तय गरिएको थियो । अद्यावधिक घरधुरी सर्वेक्षण, द्रुत बजार मूल्याङ्कन तथा स्थानीय माग विश्लेषणका आधारमा हाल ती तालिम कार्यक्रमहरू परिमार्जन गरिएको छ ।

प्रारम्भिक बाल विकास सहजकर्ता मेसन, वेटर, बेकरी, कुक, सिलाइकटाइ, ब्युटी पार्लर, हाउसकिपिङलगायतका तालिमहरू समुदायको रुचि र वर्तमान बजार आवश्यकतासँग मेल खाने गरी तय गरिएका छन् । यी कार्यक्रमहरू रोजगारी, स्वरोजगारी तथा आयआर्जन प्रवद्र्धनमा केन्द्रित छन् । सरकार र कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडिए) बमोजिम आयोजनाल नेपाल रोजगार तथा सीपमूलक तालिम योजना तय गरी सोही बमोजिम आयोजना प्रभावित क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकु क्षेत्रमा आयोजनाको बाँध लगायतका संरचनाहरू तथा उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह लगायतका संरचनाहरू निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।

आयोजनाको मुख्य निर्माण कार्य २०७८ साल पौष महिनादेखि सुरु गरिएको हो। हाल भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँध लगायतका सम्पूर्ण संरचनाहरू तीव्र गतिमा निर्माण भइरहेको छन् । आयोजनाको समग्र भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण कार्य २०८३ साल मंसिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी...

वैदेशिक रोजगारीमा रहेकालाई सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज...

धितोपत्र बोर्डको अध्यक्षको लागि CV बुझाउने आज अन्तिम दिन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न इच्छुक तथा योग्य व्यक्तिले...

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...
spot_img