Sunday, June 7, 2026
spot_img

लाइन काटिएका उद्योगमा बिजुली जडान नगरे बाँकी उद्योगमा आफैँ लाइन काट्ने चेतावनी

spot_img
spot_img

उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणलाई विद्युत कटौती गरेका ५ उद्योगमा तत्काल विद्युत जडान नगरे बाँकी सबै उद्योगमा आफैँ बिजुली कटौती गर्ने चेतावनी दिएका छन् । पीडित तथा प्रताडित उद्योगी समूहको नामबाट विज्ञप्ति जारी गर्दै उद्योगीहरुले लाइन काटिएका उद्योगहरुमा बिजुली नजोडिए बाँकी उद्योगमा आफैँ बिजुलीको लाइन कटौती गर्ने चेतावनी दिएका हुन् ।

उद्योगीहरुले प्राधिकरणले न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्नुको सट्टा आफूहरुलाई तर्साउने र धम्काउने काम गर्दै आएको समेत बताएका छन् ।

“डेडीकेटेड तथा ट्रंकलाइन विवाद सम्बन्धमा अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न मन्त्रिपरिषदले दिएको निर्देशन कार्यान्वयन नगरी उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको छ, यसप्रति उद्योगी समूहको गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।

उद्योगीहरुले प्राधिकरणले लाल आयोगले दिएको सुझाव तथा उक्त सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय र निर्देशन विपरीत हुने गरि बक्यौता भूक्तानीको लागि भन्दै उद्योगमा पत्र पठाएको तर, कुन आधारमा अतिरिक्त महसुल भुक्तानी गर्नुपर्ने हो भन्ने कुनै आधार र कारण पेश नभएको समेत जनाएका छन् ।

प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र हुलास स्टील गरी ५ उद्योगमा विद्युत् कटौती गरेको छ ।

उद्योगीहरुले भने प्रमाण दिए महसुल तिर्न तयर रहेको फेरि पनि दोहोर्याएका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम...

नाडाले भन्यो ‘बजेटको कारण गाडीको मूल्य बढ्ने भयो’

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक बर्ष...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको प्रि अलोटमेन्ट...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले...

’बुद्धभुमि नेपाल हाइड्रो क्रमश नाफामा जाँदै छ, अर्को वर्षबाट लाभांश दिन सक्छौं’

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि हकप्रदमा...

नाडा ग्रीन ड्राइभ र्‍याली सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन...
spot_img