Tuesday, May 26, 2026
spot_img

फेरि उद्योगको लाइन काट्ने तयारीमा कुलमान, नियमन आयोगका अध्यक्ष जर्मनीमा

spot_img
spot_img

डेडिकेटेड तथा ट्रंक लाइनको विवादित विद्युत महशुल उठाउने सन्दर्भमा ऊर्जामन्त्री दीपक खड्काले गठन गरेको जाँचबुझ समितिलाई सर्वोच्च अदालतले काम नगर्न अन्तरिम आदेश दिएपछि विद्युत प्राधिकरण हौसिएको छ । सर्वोच्चको आदेश लगत्तै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बक्यौता उठाउन बक्यौता नतिरेका उद्योगमा पुनः बिजुलीको लाइन काट्ने तयारी अघि बढाइसकेका छन् ।

यसअघि प्राधिकरणले विद्युत नियमन आयोगसँग लाइन काट्न सहमति माग गर्दा आयोगले ऊर्जा मन्त्रालयबाट छुट्टै समिति गठन भएको भन्दै सहमति दिएको थिएन । तर, सर्वाेच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले आइतबार ऊर्जा मन्त्रीले प्रा.डा अरबिन्दकुमार मिश्रको संयोजकत्वमा गठन गरेको समितिलाई काम लगाउन रोक लगाएसँगै प्राधिकरण पुनः लाइन काट्न सहमति माग गर्दै नियमन आयोग जाने तयारीमा जुटेको छ ।

‘अदालतको आदेश आइपुग्नासाथ हामी नियमन आयोगसँग लाइन काट्ने सहमति माग गर्छौ, नियमन आयोगले सहमति प्रदान गर्नासाथ लाइन काट्न सुरु गर्छौँ’ प्राधिकरण स्रोतले भन्यो ।

सर्वोच्चको आदेश लगत्तै प्राधिकरणले लाइन काट्ने सहमति खोज्दै नियमन आयोग जाने तयारी गरिरहेको अवस्थामा नियमन आयोग पनि आन्तरिक छलफलमा जुटेको छ । तर, नियमन आयोगकी सचिव मनदेवी श्रेष्ठले सर्वोच्चको आदेश आइनसकेको बताउँदै आदेश आइसकेपछि छलफल गरेर आवश्यक निर्णय लिइने बताएकी छिन् ।

तर, अहिले नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल जर्मनीमा छन् । विद्युत प्राधिकरणले चाँडै पत्र पठाएपनि आयोगका अध्यक्ष धिताल नफर्किएसम्म निर्णय भने हुँदैन । उनी स्वदेश फर्किन अझै केही दिन लाग्ने बताइएको छ ।

‘अदालतको आदेश आइपुग्दासम्म अध्यक्ष ज्यू पनि आइपुग्नु हुन्छ होला’ आयोग स्रोतले भन्यो ।

विभिन्न उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपयोग गरेबापत २२ अर्ब रुपैयाँभन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको प्राधिकरणको हिसाब छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुँदै

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत...

राष्ट्र बैंक ऐन संशोधन हुँदै: गभर्नर बन्न कडा मापदण्ड, ५ जना स्वतन्त्र संचालक

सरकारले नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी अघि बढाएको...

सोपान मल्टिपल कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने

इन्भेष्टमेन्ट कम्पनी सोपान मल्टिपल कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान...

प्रधानमन्त्रीको चासोः एफएनसीसीआई, सीएनआई र चेम्बरको दर्ता प्रक्रिया र यीनको काम के हो ?

प्रधानमन्त्री बालेन्द्र शाहले आज भोलीमै निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेट...

स्नो रिभर्सको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको...

सुनचाँदीको भाउमा गिरावट

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img