Saturday, April 19, 2025
spot_img

फेरि उद्योगको लाइन काट्ने तयारीमा कुलमान, नियमन आयोगका अध्यक्ष जर्मनीमा

डेडिकेटेड तथा ट्रंक लाइनको विवादित विद्युत महशुल उठाउने सन्दर्भमा ऊर्जामन्त्री दीपक खड्काले गठन गरेको जाँचबुझ समितिलाई सर्वोच्च अदालतले काम नगर्न अन्तरिम आदेश दिएपछि विद्युत प्राधिकरण हौसिएको छ । सर्वोच्चको आदेश लगत्तै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बक्यौता उठाउन बक्यौता नतिरेका उद्योगमा पुनः बिजुलीको लाइन काट्ने तयारी अघि बढाइसकेका छन् ।

यसअघि प्राधिकरणले विद्युत नियमन आयोगसँग लाइन काट्न सहमति माग गर्दा आयोगले ऊर्जा मन्त्रालयबाट छुट्टै समिति गठन भएको भन्दै सहमति दिएको थिएन । तर, सर्वाेच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले आइतबार ऊर्जा मन्त्रीले प्रा.डा अरबिन्दकुमार मिश्रको संयोजकत्वमा गठन गरेको समितिलाई काम लगाउन रोक लगाएसँगै प्राधिकरण पुनः लाइन काट्न सहमति माग गर्दै नियमन आयोग जाने तयारीमा जुटेको छ ।

‘अदालतको आदेश आइपुग्नासाथ हामी नियमन आयोगसँग लाइन काट्ने सहमति माग गर्छौ, नियमन आयोगले सहमति प्रदान गर्नासाथ लाइन काट्न सुरु गर्छौँ’ प्राधिकरण स्रोतले भन्यो ।

सर्वोच्चको आदेश लगत्तै प्राधिकरणले लाइन काट्ने सहमति खोज्दै नियमन आयोग जाने तयारी गरिरहेको अवस्थामा नियमन आयोग पनि आन्तरिक छलफलमा जुटेको छ । तर, नियमन आयोगकी सचिव मनदेवी श्रेष्ठले सर्वोच्चको आदेश आइनसकेको बताउँदै आदेश आइसकेपछि छलफल गरेर आवश्यक निर्णय लिइने बताएकी छिन् ।

तर, अहिले नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल जर्मनीमा छन् । विद्युत प्राधिकरणले चाँडै पत्र पठाएपनि आयोगका अध्यक्ष धिताल नफर्किएसम्म निर्णय भने हुँदैन । उनी स्वदेश फर्किन अझै केही दिन लाग्ने बताइएको छ ।

‘अदालतको आदेश आइपुग्दासम्म अध्यक्ष ज्यू पनि आइपुग्नु हुन्छ होला’ आयोग स्रोतले भन्यो ।

विभिन्न उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपयोग गरेबापत २२ अर्ब रुपैयाँभन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको प्राधिकरणको हिसाब छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img