Wednesday, March 4, 2026
spot_img

कार्यालय भवन बनाउन जी टु जी मार्फत ३ देखि ५ रोपनी जग्गा खरिद गर्दै एचआईडीसीएल

spot_img
spot_img

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले कम्पनीको कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्ने भएको छ । कम्पनीले जी टु जी मार्फत सरकारी जग्गा खरिद गर्ने तयारी गरेको हो ।

कम्पनीले यसको लागि फागुन २९ गते २१ दिने सूचना प्रकाशन गरेको छ। कम्पनीले  जग्गा विक्रि गर्न चाहने इच्छुक नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह मातहतका निकाय वा सरकारको पुर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेका सार्वजनिक संस्थान वा प्रचलित कानून बमोजिम स्थापित समिति, आयोग, प्राधिकरण, निगम, कोष, प्रतिष्ठान, बोर्ड, ट्रस्ट, केन्द्र वा त्यस्तै प्रकृतिका सार्वजनिक निकायहरुसँग प्रचलित कानून अनुसार Gto G आधारमा खरिद गर्ने गरी प्रस्ताव माग गरेको हो ।

कम्पनीले जग्गाको क्षेत्रफल न्यूनतम ३ रोपनीदेखी अधिकतम ५ रोपनीसम्मको एउटै प्लट हुनु पर्ने जनाएको छ । त्यस्तै प्रस्तावित जग्गा काठमाडौ उपत्यका चक्रपथ भित्रको कुनै क्षेत्र वा चक्रपथ बाहिर करिव दुई किलोमिटरको दुरी भित्र रहेको हुनु पर्नेछ ।

कम्पनीका अनुसार जग्गालाई कम्तिमा ६ मिटरको बाटोले छोएको एवम् ढल र खानेपानीको व्यवस्था भएको हुनु पर्नेछ । प्रस्तावको साथ जग्गाको ट्रेस, मालपोत तिरेको रसिद र लालपुर्जाको प्रतिलिपि पेश गर्नु पर्ने कम्पनीले जनाएको छ।

प्राप्त प्रस्तावहरु मध्ये उपयुक्त देखिएका प्रस्तावको खरिद / बिक्रि प्रक्रिया अघि बढाईने र  खरिद / विक्रि मुल्य सहित सो सम्वन्धि अन्य शर्तहरु प्रचलित कानूनको अधिनमा रहि G to G आधारमा आपसि सहमतिबाट तय गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

खरिद सम्वन्धि प्रक्रिया प्रचलित कानून तथा कम्पनीको आर्थिक प्रशासन तथा खरिद विनियमावली, २०७९ बमोजिम हुने र  प्राप्त प्रस्ताव स्विकृत वा अस्विकृत गर्ने अधिकार कम्पनीमा निहित रहने कम्पनीले प्रष्ट पारेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टी २० विश्वकपको पहिलो सेमिफाइनल खेल आज

आईसीसी  टी २० विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल...

तोलामा ११ हजारले सस्तियो सुन, चाँदीको भाउमा पनि गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

चुनावले खपत बढाउँदा पेट्रोल पम्पमा लाइन, खाडीबाट तेल आउँन नसके विकल्पमा भेनेजुयला

देशभरी पेट्रोलियम पदार्थको खपत बढेको छ । निर्वाचनका कारण...

बढे नेपाल आउने पर्यटक, फेब्रुअरीमा मात्रै भित्रिए १ लाख ५ हजार बढी

२०२६ को फेब्रुअरीमा १ लाख ५ हजार भन्दा बढी...

चुनावको दिनको लागि पास पाएका गाडीले अरु व्यक्तिलाई चढाउन नपाउने

निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य...

चुनावको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक...
spot_img