भारतीय ईभी स्कुटर ब्रान्ड एम्पीयर नेपाल भित्रिएको छ । भारतको Greaves Electric Mobility द्वारा उत्पादित यो ब्रान्डलाई एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो सोलुसनले नेपाली बजारमा भित्र्याएको हो ।
नेपालमा हाल एम्पीयर स्कुटरका दुई मोडल उपलब्ध गराइएको छ । एम्पीयर मेग्नस निओमा २.५ किलोवाटको मोटर र २.३ किलोवाट आवरको ब्याट्री रहेको छ । यो स्कुटर पटकको फुल चार्जमा करिब १०० किलोमिटर चल्न सक्ने कम्पनीको दाबी छ । यसको ३ लाख रुपैयाँबाट सुरु छ ।
त्यस्तै, एम्पीयर नेक्सस मोडलमा ३.५ किलोवाट मोटर र ३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यो स्कुटरले करिब १०७ किलोमिटर रेन्ज दिने बताइएको छ । यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
दुवै मोडलमा लिथियम फेरो फोस्फेट ब्याट्री, ट्विन सस्पेन्सन, रिभर्स राइड मोड, डिस्क ब्रेक जस्ता फिचर्स रहेको कम्पनीले जनाएको छ ।












