Saturday, July 4, 2026
spot_img

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

spot_img

अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० नेपालमा लन्च भएको छ । राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मीहरूको उपस्थितिमा बजाज नेपालले अपग्रेडेड डोमिनार ४०० लाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।

कम्पनीले यसको मूल्य ६ लाख ३४ हजार ९ सय रुपैयाँ तोकेको छ । यसको बुकिङ पनि खुला भइसकेको छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा मनाङ एक्सप्लोरर राइड प्रिमियर गरिएको थियो, जसले डोमिनार ४०० को लामो दूरीको क्षमता तथा कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रस्तुत गर्‍यो । उपस्थित दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न(बाइ(टर्न नेभिगेसन, राइड(बाइ(वायरसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभरहरू, तथा हजार्ड लाइट प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ, जसले सुरक्षा र राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाएको छ ।

उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियासहित लन्च कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र जसले आधुनिक प्रविधिसहित प्रदर्शन–केन्द्रित बाइक प्रदान गर्ने बजाजको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताइएको छ ।

सार्वजनिकरण पश्चात ग्राहकहरूले फागुन ४ देखि ८ सम्म आयोजना हुने टेस्ट राइड मार्फत बाइकलाई नजिकबाट अनुभव गर्न सक्नेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...
spot_img