Saturday, July 4, 2026
spot_img

बीवाईडी ब्रान्ड दुरुपयोग गरी खोलिएका पेज र वेबसाइटविरुद्ध साइमेक्स इंकले कानूनी प्रक्रिया अघि बढायो

spot_img

बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटहरू विरुद्ध सार्वजनिक सूचना जारी गर्दै आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।

कम्पनीका अनुसार यस्ता नक्कली प्लेटफर्महरूले आफूलाई बीवाईडी नेपालको आधिकारिक माध्यम भन्दै ग्राहक तथा उपभोक्तालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन् । जसका विरुद्द कम्पनीले सार्वजनिक सूचना जारी गरेरै कानूनी प्रक्रिया अघि बढाइएको जनाएको हो ।

कम्पनीका अनुसार ‘bydpromotionnepal.com’ नामक वेबसाइट, ‘BYD Dealler Fans’ नामको फेसबुक पेज, ‘BYD Promotion’ नामक टेलिग्राम समूह तथा यस्तै नाम भएका अन्य कुनै पनि डिजिटल प्लेटफर्महरू बीवाईडी नेपालका आधिकारिक माध्यम होइनन् । यी प्लेटफर्महरूसँग साइमेक्स इंक प्राइभेट लिमिटेडको कुनै पनि प्रकारको सम्बन्ध, सहकार्य, आबद्धता वा आधिकारिक स्वीकृति नरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी डिजिटल प्लेटफर्महरूले गलत सूचना प्रवाह गर्दै विभिन्न अफर, योजना तथा प्रचारमार्फत ग्राहकलाई भ्रममा पार्ने र आर्थिक ठगी गर्ने उद्देश्य राखेको आशंका गरिएको छ । यसले ग्राहकको विश्वास, ब्रान्डको विश्वसनीयता तथा उपभोक्ता सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै साइमेक्स इंकले चासो व्यक्त गरेको छ ।

ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता नक्कली तथा अनधिकृत डिजिटल प्लेटफर्महरूसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार–प्रसार वा आर्थिक कारोबार नगर्न कम्पनीले आग्रह गरेको छ । नेपालमा बीवाईडी सवारीसाधन, अफर, बिक्रीपछिको सेवा तथा विभिन्न अभियानसम्बन्धी आधिकारिक जानकारीका लागि साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्महरू तथा आधिकारिक डिलरहरूमार्फत मात्र जानकारी लिन अनुरोध गरिएको छ ।

बीवाईडी ब्रान्ड नामको दुरुपयोग रोक्न तथा ग्राहक एवं उपभोक्ताको हित संरक्षण गर्न अनधिकृत डिजिटल प्लेटफर्महरू विरुद्ध आवश्यक कानूनी तथा नियामक प्रक्रिया अघि बढाइएको पनि कम्पनीले जानकारी दिएको छ । आगामी दिनमा यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गर्दै थप कदम चालिने साइमेक्स इंकले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...
spot_img