चीनको अग्रणी अटोमोबाइल निर्माता जिलि अटो ग्रुपले नेपालमा उपलब्ध जिलि EX5 विद्युतीय SUV मा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा प्रदान गरेको छ ।
यस नयाँ प्राविधिक स्तरोन्नतीले जिलि EX5 का सवारीसाधनको डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय सवारी बजारमा जिलिका गाडीहरुको उपस्थितिलाई अझ मजबुत बनाउँदै लैजाने विश्वास गरिएको छ ।
एप्पल र एन्ड्रोइड कारप्ले सपोर्ट प्रणालीले गाडीलाई चालकको स्मार्टफोनसँग सहज एकीकरणमार्फत सुरक्षा, सुविधा र कनेक्टिभिटीलाई एकसाथ जोड्दै समग्र ड्राइभिङ अनुभवलाई उल्लेखनीय रूपमा उकास्ने बताइएको छ ।
सफ्टवेयर अपडेटमार्फत एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी
Siri वा Google Assistant द्वारा सञ्चालित ह्यान्ड्स–फ्री भ्वाइस कमाण्डको माध्यमबाट चालकहरूले फोन समात्न नपरी कल गर्न, सन्देश पठाउन वा प्राप्त गर्न तथा मार्ग निर्देशन लिन सक्छन्, जसले हात स्टीयरिङमै र आँखा सडकतर्फ केन्द्रित राख्न सहयोग गरी सवारी अनुभवलाई उत्कृष्ट बनाउँछ ।
नयाँ सपोर्ट प्रणालीले परिचित स्मार्टफोन इन्टरफेसलाई सवारीसाधनको इनबिल्ट डिस्प्लेमा मिरर गर्छ, जहाँ ठूला, स्पष्ट आइकन र सहज लेआउटका कारण ड्राइभिङका क्रममा Maps, Spotify र Messages जस्ता आवश्यक एपहरू सजिलै प्रयोग गर्न सकिन्छ । सामान्य ब्लुटुथ कनेक्टिभिटीको तुलनामा कारप्लेले संगीत र पोडकास्टका लागि उच्च ध्वनी गुणस्तर प्रदान गर्ने भएकाले इन–कार मनोरञ्जन अनुभव अझ बढी हुने बताइएको छ ।
यसका साथै, Google Maps, Apple Maps वा waze जस्ता एपमार्फत वास्तविक समयको नेभिगेसन र ट्राफिक अपडेट प्राप्त गर्न सकिन्छ भने कल र नोटिफिकेसनको सुरक्षित व्यवस्थापन पनि सम्भव हुन्छ । टचस्क्रिन, स्टीयरिङ ह्विलका बटन र इनबिल्ट माइक्रोफोनलगायत सवारीसाधनका विद्यमान कन्ट्रोलहरूसँग पूर्ण रूपमा एकीकृत भएकाले यो प्रणालीले सहज, एकीकृत र प्रयोगमैत्री ड्राइभिङ वातावरण प्रदान गर्छ ।
यो सुविधा भ्ह्छ बिक्री हुने अन्तर्राष्ट्रिय बजारहरूमा ग्राहकको उच्च मागपछि विश्वव्यापी रूपमा सुरु गरिएको हो, र अब नेपाली उपभोक्ताले पनि समान स्तरको उन्नत इन–कार प्रविधि पाउने कुरालाई सुनिश्चित गर्न नेपालमा लागू गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा ग्राहक–केन्द्रित कार्यान्वयन
नेपालका लागि जिलि EX5 को आधिकारिक वितरक LRR Motors ले लन्चदेखि हालसम्म बिक्री भएका सबै जिलि EX5 सवारीसाधनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट प्रदान गर्न थालिसकेको छ । कम्पनीका अनुसार, सेवा टोलीहरूले ग्राहकको घर वा कार्यालयमै पुगेर यि प्राविधिक सुविधाहरुलाई इन्स्टल गरिरहेका छन्, जसले अपग्रेड प्रक्रियालाई झन्झटरहित बनाएको कम्पनीले जानकारी दिएको छ ।
“चीनस्थित जिलि अटो ग्रुपको प्रत्यक्ष सहयोगमा उपलब्ध यो स्मार्ट कनेक्टिभिटी अपग्रेडले जिलि EX5 लाई प्रिमियम ग्लोबल ईभीहरूसँग प्रतिस्पर्धी बनाउँदै नेपाली ग्राहकहरूको बदलिँदो अपेक्षालाई पनि सम्बोधन गरेको छ,” LRR Motors का प्रबन्ध निर्देशक जीवन जंग शाहीले बताए ।
भविष्यमा नेपाल आयात हुने EX5 सवारीसाधनहरूमा एप्पल कारप्ले र एन्ड्रोइड अटो प्रणाली इनबिल्ट नै रहने भएकाले थप इन्स्टलेसनको आवश्यकता नपर्ने कम्पनीका बिक्री प्रमुख अधिर कुमार श्रेष्ठले बताए ।
नेपालको ईभी बजारमा जिलिको उपस्थितिलाई थप मजबुती
जिलि EX5 ले नेपालका शहरी क्षेत्र तथा हाइवे ड्राइभिङ सेग्मेन्टमा पहिले नै उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । विराटनगर र बुटवलजस्ता शहरहरूमा विस्तार हुँदै गएको डिलर नेटवर्कका साथै आगामी वर्षभित्र सातै प्रदेशमा उपस्थिति विस्तार गर्ने योजना कम्पनीले सार्वजनिक गरिसकेको छ ।
एप्पल कारप्ले र एन्ड्रोइड अटोको समावेशसँगै, जिलि EX5 ले कार्यक्षमता, आराम, सुरक्षा र स्मार्ट कनेक्टिभिटीको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै नेपालमा उपलब्ध सबैभन्दा फिच –सम्पन्न विद्युतीय ईभीहरूमध्ये एकको रूपमा आफ्नो पहिचानलाई थप सुदृढ गराएको छ ।
नेपाल दिगो र प्रविधि–केन्द्रित यातायाततर्फ अघि बढिरहँदा, जिलि अटो ग्रुपको नवप्रवर्तन र ग्राहक–केन्द्रित अपग्रेडप्रतिको ध्यानले नेपाली अटोमोबाइल बजारप्रति यसको दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।
गत वर्षको Auto एक्स्पोमा लन्च भएयता आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, उन्नत सुरक्षा प्रविधि र प्रभावकारी विद्युतीय कार्यक्षमताका कारण जिलि EX5 छोटो समयमै नेपालमा सबैभन्दा धेरै चर्चामा रहेको विद्युतीय सवारीहरुमध्येको एक बनिसकेको छ । विश्वव्यापी रूपमा लोकप्रिय स्मार्टफोन कनेक्टिभिटी सुविधाको थपले यसको समग्र ड्राइभिङ अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको पनि कम्पनीले दाबी गरेको छ ।












