स्मार्ट ईभीको नेपालमा औपचारिक बिक्री सुरू भएको छ । सीजी मोटर्सले स्मार्ट ३घ एसयूभी नेपाल भित्र्याएको हो ।
मर्सिडिज र जिली ग्रुपको संयुक्त लगानीमा सञ्चालित चिनियाँ ब्राण्ड स्मार्ट ब्राण्ड व्यवसायिक रुपमा नेपाल आएको हो । यसअघि नै नेपालमा ‘शो’ भइसकेको स्मार्टको अब भने बिक्री नै सुरु भएको हो ।
कम्पनीले शोरुम निर्माण भइरहे पनि अहिले नै गाडी किन्न चाहने व्यक्तिलाई गाडी उपलब्ध गराउन सकिने जनाएको छ ।
के के छन् विशेषता ?
#3 एसयूभी ०.२७ सीडी ड्रयाग कोफिसियन्टयुक्त गाडी हो । रियर ह्वील ड्राइभ भएको यसको लम्बाइ ४४ सय एमएम, चौडाइ १८ सय ४४ एमएम र उचाइ १५ सय ५६ एमएम छ ।
#3 क्रसओभर एसयूभीमा २०० किलोवाटको मोटर छ । यसले ३४२ एनएम टर्क जेनेरेट गर्ने बतायएको छ ।
स्मार्ट #3 मोडलमा ६६ किलोवाट आवरको एनसीएम ब्याट्री छ । यसले १५० किलोवाट सम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्ने र ७.४ किलोवाटको एसी चार्जरले घरमै पनि चार्ज गर्न सकिनेछ ।
कम्पनीले अहिले विभिन्न ३ भेरियन्टमा यसलाई नेपाल ल्याएको छ । यस अनुसार प्रो प्लसको मूल्य ९९ लाख ९९ हजार, प्रिमियमको मूल्य १ करोड १४ लाख ९९ हजार र प्रिमियम म्याटको मूल्य १ करोड २४ लाख ९९ हजार रुपैयाँ तय भएको छ ।
सीजीले स्मार्ट #1 मोडलका पनि २ भेरियन्ट नेपाल ल्याएको छ । कम्पनीले #1 प्रो प्लसको मूल्य ९९ लाख ९९ हजार र प्रिमियमको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ तोकेको छ












