Wednesday, March 4, 2026
spot_img

मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन

spot_img
spot_img

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । तर, समीक्षामा अटोमोबाइल्स र रियल–स्टेट क्षेत्र सम्बन्धि कुनैपनि प्रावधान समावेश गरिएको छैन ।

जेनजी आन्दोलन पश्चात अटोमोबाइल्स क्षेत्र सुस्ताएको छ । त्यसकारण अटोमोबाइल्स क्षेत्रले मौद्रिक नीतिको समीक्षामार्फत अटो लोनमा सहजता प्रदान गर्ने नीतिको अपेक्षा गरेको थियो । खासगरी लोन टू भ्यालू रेसियोमा फेरबदल हुनेपर्ने माग अटोमोबाइल्स व्यवसायीहरुले राख्दै आएका थिए । अहिले सबैखाले सवारी साधन खरिदमा लोन टू भ्यालू रेसियो ६०ः४० छ । यस प्रावधानले गाडी बिक्री हुन नसकिरहेको भन्दै व्यवसायीहरुले लोन टू भ्यालू रेसियो ८०ः२० गर्नुपर्ने माग गर्दै आएका थिए ।

तर, राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत लोन टू भ्यालू रेसियोसहित अटोमोबाइल्स क्षेत्र सम्बन्धि कुनैपनि प्रावधान समावेश गरेन ।

त्यस्तै, घरजग्गा कारोबार पनि सुस्ताएको बेला राष्ट्र बैंकले सहज हुने नीति ल्याउनुपर्ने व्यवसायीहरुको माग थियो । घर तथा जग्गा किन्दा बैंकहरुले प्रदान गर्न पाउने ऋणको सीमा बढाउनुपर्ने उनीहरुको माग थियो । तर, यो विषयमा पनि मौद्रिक नीतिको समीक्षामा केही पनि उल्लेख गरिएको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढे नेपाल आउने पर्यटक, फेब्रुअरीमा मात्रै भित्रिए १ लाख ५ हजार बढी

२०२६ को फेब्रुअरीमा १ लाख ५ हजार भन्दा बढी...

चुनावको दिनको लागि पास पाएका गाडीले अरु व्यक्तिलाई चढाउन नपाउने

निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य...

चुनावको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक...

खाडी क्षेत्रमा रहेका नेपालीलाई पोर्टलमा विवरण भर्न आग्रह

सरकारले खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह गरेको...

चुनावको लागि आजदेखि ३ दिन सार्वजनिक विदा

भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर...

इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको...
spot_img