स्वस्तिक लघुवित्तले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई प्रहरी बिट हस्तान्तरण गरेको छ । लघुवित्तले महोत्तरी जिल्लाको पिपरा गाउपालिका वडा नं. ४ मा रहेको प्रहरी बिटको पुनर्निर्माण गरि प्रहरीलाई हस्तान्तरण गरेको हो ।
लघुवित्तका अनुसार भदौ २४ गते भएको जेन्जी प्रदर्शनको क्रममा सो प्रहरी बिटमा पनि तोडफोड र आगजनी भएको थियो । सो बिट भारतीय सीमा नजिक रहेको र पालिकाको लागि अतिमहत्वको रहेकोले लघुवित्तले बिटको पुनर्निर्माण गरि प्रहरीलाई हस्तान्तरण गरेको जनाएको छ।
लघुवित्तले पुनर्निर्माण गरेर लघुवित्तका पिपरा शाखाका प्रमुख सिद्धान्त पटेल मार्फत प्रहरीलाई सो प्रहरी बिट हस्तानान्तरण गरिएको लघुवित्तले जनाएको छ। प्रहरी बिट पुनर्निर्माण भई संचालनमा आएसँगै सो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नमा थप सहयोग पुग्ने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।












