गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सामुहिक भोजन वितरण कार्यक्रम नकर्मी समाजको सहकार्यमा सम्पन्न गरेको छ ।
कम्पनीले काठमाडौं महानगरपालिका वडा नं. १५ मा अवस्थित स्वयम्भूनाथ स्तुपा परिसरमा २५६९औं बुद्ध जयन्तीको शुभ अवसरमा सार्वजनिक हित तथा परोपकारी कामलाई प्राथमिकता दिंदै श्रद्घालुहरुलाई सामुहिक भोजन वितरण कार्यक्रम गरेको हो।
सो कार्यक्रममा नकर्मी समाजका अध्यक्ष जितेन्द्र नकर्मी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का अनुपालन अधिकृत सन्तोष कुमार चौरसिया लगायत अभिषेक श्रेष्ठ, रजनी महर्जन र सबिना श्रेष्ठको उपस्थितिका साथै संस्थाका अन्य कर्मचारीहरु तथा नकर्मी समाजको सदस्यहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विगत देखिनै सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यसैगरी सहयोग कार्यलाई निरन्तरता दिने प्रतिवद्दता संस्थाले जनाएको छ।
संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै ए.टि.एम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।













