Tuesday, April 7, 2026
spot_img
spot_img

सहकारी पीडितसँग मन्त्री रावलले थालिन प्रत्यक्ष छलफल

spot_img
spot_img

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन् । सरकारले सय दिनभित्र सहकारी पीडित साना बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्य लिएको जनाउँदै उनले पीडितहरूसँग संवाद सुरु गरेकी हुन् ।

बिहिबार बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन् । लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका हुन् ।

छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छिन् । “पीडितहरूको समस्या सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,” उनले भनिन् ।

सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणवद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ छ ।

उक्त छलफलले सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, अब ‘पीएम डेलिभरी युनिट’ ले ‘ट्र्याकिङ’ गर्ने

सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख...

अर्थमन्त्रीले घटाईदिए विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधा, अब कति लिटर पाउँछन् ?

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन...

बिहीबारभित्र अनुसन्धान पूरा नभए ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं...

शेयरबजारमा सम्पत्ति सुद्धीकरणको छानबिन हुँदैन, लगानीकर्ता आत्तिनु पर्दैन: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छानी छानी प्रतिशोध साध्ने नियतले...

सेबोनको संचालक समिति बैठक बस्दै: स्पष्टीकरण सोध्नेदेखि विनियमावली संशोधनको एजेण्डा

आज सोमबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

नयाँलाई २४ घण्टामा लाइसेन्स छापेर दिईने, पुरानालाई असारभित्रै

सरकारले नयाँलाई ट्रायल पास भएको २४ घण्टा भित्र सवारी...
spot_img