spot_img

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

spot_img

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ। बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको बैंकले उल्लेख गरेको छ।

नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो ।
ग्लोबल आइएमई बैंक निक्षेपका साथसाथै धेरै सूचकहरुमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको छ । वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको छ ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहकहरू र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको ५०० अर्ब रुपैयाँ भन्दा बढि निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिबिम्ब नभई, नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको बताए ।

“निक्षेप रकम ५०० अर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो । यो उपलब्धि हामीले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो । यसले हामीलाई भविष्यमा बैंकिङ्ग क्षेत्रमा थप नयाँनयाँ प्रविधिहरु भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ्ग सेवाहरु प्रदान गर्न थप प्रेरणा दिनेछ,” उनले भने, “हामीले यो उपलब्धीलाई हाम्रो बैंकको मात्र नभई समग्र नेपाली बैंकिङ्ग क्षेत्रको उपलब्धीको रुपमा लिएका छौँ ।”

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...