Monday, December 29, 2025
spot_img

बैंकसँग अधिक तरलता: १ वर्ष अवधिको ऋणपत्र मार्फत २५ अर्ब खिच्दै राष्ट्र बैंक

spot_img

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज पुस १४ गते बजारबाट २५ अर्ब खिच्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले १ वर्ष अवधिको राष्ट्र बैंक ऋणपत्र जारी गरेर बोलकबोल मार्फत सो रकम खिच्ने भएको हो ।

राष्ट्र बैंकले १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गर्न लागेको हो । यस उपकरणको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ (NRB Bond 2083 ‘Ka’) रहेको छ। राष्ट्र बैंकले कुल २५ अर्ब आह्वान गरेको हो ।

ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन्। न्यूनतम रु. ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने छन् । आज पुस १४ गते मध्याह्न २ः०० बजेसम्म Online Bidding System Software  मार्फत मात्र बोलकबोल हुने छ ।   ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ। ऋणपत्रकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकले २०८३ पुस १४ गते सावाँ फिर्ता गर्ने छ ।  ब्याज भुक्तानी भने अर्थवार्षिक रुपमा हुने छ। यस ऋणपत्रलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने छ ।

यस्ता छन् अन्य शर्त 

काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने छ । समान ब्याजदर बोल गर्ने बोलवालाहरूको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी हुने भएमा सो ब्याजदरको रकमलाई समानुपातिक रूप मा बाँडफाँट गरिनेछ ।

आह्वान गरिएको बोल रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ । ऋणपत्रको स्वीकृत बोल रकम निष्कासन मितिमा सम्बन्धित काउण्टरपार्टीको राष्ट्र  बैंकमा रहेकोखाता खर्च गरी जम्मा गरिने छ । ऋणपत्र निष्कासन मितिमा काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउण्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २.५० प्रतिशत दरको हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।

ऋणपत्र निष्कासनको शर्त बमोजिमको अवधिमा निर्धारित ब्याज रकम तथा परिपक्व अवधिमा साँवा रकम बैंकले सम्बन्धित
काउण्टरपार्टीको यस बैंकमा रहेकोखातामा जम्मा गरी दिनेछ । ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता  अनुपात (Statutory Liquidity Ratio) र खुद तरल सम्पत्ति अनुपात (Net Liquid Asset to Total Deposit Ratio) मा उक्त रकम गणना गर्न सकिनेछ ।

ऋणपत्रको परिपक्व मिति अगावै सो वापतको रकम फिर्ता दिइने छैन । स्वीकृत बोलपत्रअनुसार ऋणपत्र खरीद गर्ने काउण्टरपार्टीलाई विभागले नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि (सातौं संशोधन, २०८१), २०७८ को अनुसूची–९ बमोजिमको प्रमाण–पत्र प्रदान गर्नेछ । परिपक्व मितिमा सो वापतको साँवा ब्याज भुक्तानी भएपछि उक्त प्रमाणपत्र स्वतः रद्द हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न भएको छ। बैंकले आज...

वैदेशिक रोजगारीमा जानेलाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने अध्यक्ष ढकालको भनाइ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा...

कामना सेवा विकास बैंकद्वारा स्याङ्जामा पोशाक तथा शैक्षिक सामाग्री वितरण 

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर...
spot_img
spot_img