spot_img

शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैङ्क

spot_img

नेपाल राष्ट्र बैङ्कले साउन ४ गते शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैङ्कले शुक्रबार नै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने गरि तिब्र तयारी गरिरहेको छ।

मौद्रिक नीतिलाई अन्तिम रुपमा दिनको आज राष्ट्र बैङ्कको व्यवस्थापन समिति बैठक बसिरहेको छ। राष्ट्र बैङ्कका गभर्नर नै व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्था छ। व्यवस्थापन समितिले मौद्रिक नीतिलाई अन्तिम रुप दिएपछि राष्ट्र बैङ्कका संचालकहरुलाई संचालक समितिको बैठकको लागि आज खबर पठाउने राष्ट्र बैङ्कको तयारी छ । शुक्रबार बिहान संचालक समितिको बैठक बस्ने र लगत्तै मौद्रिक नीति सार्वजनिक हुने छ।

विगतको भन्दा यस पटकको मौद्रिक नीति लचिलो हुने राष्ट्र बैङ्क स्रोत बताउछ। नयाँ सरकार गठन भएपछि एमालेबाट विष्णु प्रसाद पौडेल अर्थमन्त्री बनेका छन् । गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्री पौडेलबीच बुधबार मौद्रिक नीतिबारे छलफल भएको थियो । सोहि छलफल पछि नै शुक्रबार मौद्रिक नीति ल्याउने सहमति भएको हो ।

अर्थमन्त्री पौडेलले गभर्नर र आफ्नो ट्युनिङ मिल्ने भएकोले अर्थतन्त्रका समस्या समाधान हुने गरि मौद्रिक नीति आउने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । बैङ्कर्स तथा व्यवसायीहरुले पनि कर्जा प्रवाह बढ्ने गरि लचिलो मौद्रिक नीति ल्याउनको लागि माग गरिरहेका छन् । अहिलेको मौद्रिक नीति गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति हुने भएकोले पनि लचिलो मौद्रिक नीति आउने अपेक्षा व्यवसायीहरुको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...