Tuesday, March 18, 2025
spot_img
spot_img

शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले साउन ४ गते शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैङ्कले शुक्रबार नै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने गरि तिब्र तयारी गरिरहेको छ।

मौद्रिक नीतिलाई अन्तिम रुपमा दिनको आज राष्ट्र बैङ्कको व्यवस्थापन समिति बैठक बसिरहेको छ। राष्ट्र बैङ्कका गभर्नर नै व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्था छ। व्यवस्थापन समितिले मौद्रिक नीतिलाई अन्तिम रुप दिएपछि राष्ट्र बैङ्कका संचालकहरुलाई संचालक समितिको बैठकको लागि आज खबर पठाउने राष्ट्र बैङ्कको तयारी छ । शुक्रबार बिहान संचालक समितिको बैठक बस्ने र लगत्तै मौद्रिक नीति सार्वजनिक हुने छ।

विगतको भन्दा यस पटकको मौद्रिक नीति लचिलो हुने राष्ट्र बैङ्क स्रोत बताउछ। नयाँ सरकार गठन भएपछि एमालेबाट विष्णु प्रसाद पौडेल अर्थमन्त्री बनेका छन् । गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्री पौडेलबीच बुधबार मौद्रिक नीतिबारे छलफल भएको थियो । सोहि छलफल पछि नै शुक्रबार मौद्रिक नीति ल्याउने सहमति भएको हो ।

अर्थमन्त्री पौडेलले गभर्नर र आफ्नो ट्युनिङ मिल्ने भएकोले अर्थतन्त्रका समस्या समाधान हुने गरि मौद्रिक नीति आउने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । बैङ्कर्स तथा व्यवसायीहरुले पनि कर्जा प्रवाह बढ्ने गरि लचिलो मौद्रिक नीति ल्याउनको लागि माग गरिरहेका छन् । अहिलेको मौद्रिक नीति गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति हुने भएकोले पनि लचिलो मौद्रिक नीति आउने अपेक्षा व्यवसायीहरुको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...

पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्छु: नव नियुक्त आइजिपी थापा

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह...

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान भएको...

शहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत

शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा बोलपत्र आह्वान...
spot_img