बैंकिङ् प्रणालीमा अधिक तरलता: राष्ट्र बैङ्कले ४० अर्ब माग गर्दा बैङ्कले अफर गरे ५५ अर्ब

spot_img

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज शुक्रबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। राष्ट्र बैङ्कले बोलकबोल मार्फत १४ दिनको लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो।

राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागका अनुसार आजको बोलकबोल प्रक्रियामा २१ बैङ्क तथा वित्तीय संस्थाले गरि कुल ६८ वटा बोलकबोल पेश गरेका थिए । राष्ट्र बैङ्कले ४० अर्ब माग गरेकोमा बैङ्कहरुले ५५ अर्ब ३५ करोड रुपैयाँ अफर गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाले न्युनतम २.९९०० प्रतिशत र अधिकतम ३.१० प्रतिशत ब्याजमा सो रकम अफर गरेका हुन् । जसमा राष्ट्र बैङ्कले भारित औसत ब्याजदरको रुपमा ३.०६८३  प्रतिशत ब्याजमा ४० अर्ब रकम संकलन गरेको छ ।

राष्ट्र बैङ्कले हिजो बिहीबार पनि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो। विभागले १४ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बिहीबारको बोलकबोल प्रक्रियामा २१ बैङ्क तथा वित्तीय संस्थाले गरि कुल ७५ वटा बोलकबोल पेश गरेका थिए । राष्ट्र बैङ्कले ५० अर्ब माग गरेकोमा बैङ्कहरुले ७४ अर्ब २० करोड रुपैयाँ अफर गरेका थिए। बैङ्क तथा वित्तीय संस्थाले न्युनतम २.९९९९ प्रतिशत र अधिकतम ३.१० प्रतिशत ब्याजमा सो रकम अफर गरेका थिए। जसमा राष्ट्र बैङ्कले भारित औसत ब्याजदरको रुपमा ३.०५३७ प्रतिशत ब्याजमा ५० अर्ब रकम संकलन गरेको थियो।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइदैन। तर, राष्ट्र बैङ्कको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...