Friday, January 23, 2026
spot_img

बैंकिङ् प्रणालीमा अधिक तरलता: राष्ट्र बैङ्कले ४० अर्ब माग गर्दा बैङ्कले अफर गरे ५५ अर्ब

spot_img
spot_img

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज शुक्रबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। राष्ट्र बैङ्कले बोलकबोल मार्फत १४ दिनको लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो।

राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागका अनुसार आजको बोलकबोल प्रक्रियामा २१ बैङ्क तथा वित्तीय संस्थाले गरि कुल ६८ वटा बोलकबोल पेश गरेका थिए । राष्ट्र बैङ्कले ४० अर्ब माग गरेकोमा बैङ्कहरुले ५५ अर्ब ३५ करोड रुपैयाँ अफर गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाले न्युनतम २.९९०० प्रतिशत र अधिकतम ३.१० प्रतिशत ब्याजमा सो रकम अफर गरेका हुन् । जसमा राष्ट्र बैङ्कले भारित औसत ब्याजदरको रुपमा ३.०६८३  प्रतिशत ब्याजमा ४० अर्ब रकम संकलन गरेको छ ।

राष्ट्र बैङ्कले हिजो बिहीबार पनि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो। विभागले १४ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बिहीबारको बोलकबोल प्रक्रियामा २१ बैङ्क तथा वित्तीय संस्थाले गरि कुल ७५ वटा बोलकबोल पेश गरेका थिए । राष्ट्र बैङ्कले ५० अर्ब माग गरेकोमा बैङ्कहरुले ७४ अर्ब २० करोड रुपैयाँ अफर गरेका थिए। बैङ्क तथा वित्तीय संस्थाले न्युनतम २.९९९९ प्रतिशत र अधिकतम ३.१० प्रतिशत ब्याजमा सो रकम अफर गरेका थिए। जसमा राष्ट्र बैङ्कले भारित औसत ब्याजदरको रुपमा ३.०५३७ प्रतिशत ब्याजमा ५० अर्ब रकम संकलन गरेको थियो।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइदैन। तर, राष्ट्र बैङ्कको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

नेपाल लाइफ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको...

पाल्पा सिमेन्टको वैदेशिक रोजगारी कोटाको आईपीओ आज बाँडफाँड हुँदै

पाल्पा सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ...

वैदेशिक रोजगारीमा रहेकाले शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन...

५० मेगावाटको मर्स्याङ्दीवेसी जलविद्युत आयोजनाको अवरोध हट्यो, अब निर्माण सुरु हुने

लमजुङ जिल्लाका सबै राजनीतिक दलहरु ५० मेगावाट क्षमताको मर्स्याङ्दी...

SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधन खरिद गर्दा रिलायन्स फाइनान्सले ऋण दिने

नेपालमा SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधनहरूको एकमात्र वितरक...

मन्जुश्री फाईनान्सको २८औँ शाखा थापाथलीमा

मन्जुश्री फाईनान्सले आफ्नो २८औँ शाखा थापाथलीस्थित आफ्नै भवनबाट सञ्चालनमा...
spot_img
spot_img