बोटलर्स नेपाल तराईले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले ५० प्रतिशत लाभांश अर्थात् प्रति शेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।









