Wednesday, March 4, 2026
spot_img

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने, लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता

spot_img
spot_img

लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि एडभाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् ।

ग्लोबल इक्विटी फन्ड लिमिटेड (जीईएफ)ले स्थापना गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ) नेपालका बीमा कम्पनीहरुको स्थायी लगानी उपकरण हो । यो कृषि, स्वच्छ ऊर्जा र स्वच्छ टेक, पर्यटन, आईसीटी, स्वास्थ्य सेवा र उत्पादनमूलक क्षेत्र केन्द्रित लगानी उपकरण हो ।

२९ कात्तिक २०७९ मा दर्ता भएको एनआईआईएफले २०८० माघ ५ मा पहिलो लगानी गरेको थियो । यसको अधिकृत पुँजी १५० करोड रुपैयाँ र जारी पुँजी १२० करोड रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशनका लागि छुट्ट्याएको छ ।

लक्ष्मी सनराइज क्यापिटल लक्ष्मी सन्राइज बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको कम्पनी हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको...

पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला ?

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको...

चुनावमा भोट हाल्न काठमाडौँबाट सात लाख ५० हजारभन्दा धेरै बाहिरिए

बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट...

इरानको द्वन्द्व छिटो समाधान नभए नेपाल आउने ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुन्छ: खरेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको...

विदेशका द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्छ: वाणिज्य विद् सैंजु

वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम्...

घोराही सिमेन्ट सहित नेप्सेमा दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज  मंगलबार दुई वटा कम्पनीको...
spot_img