भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको लाभांश पारित भएको छ । कम्पनीको २४औँ वार्षिक साधारणसभाबाट १४.७३६८ प्रतिशत लाभांश पारित भएको हो ।
कम्पनीले सेयरधनीलाई ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो ।
सभाले कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार ३ सय कायम गर्न कम्पनीको जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) मा पनि संशोधन गरेको छ ।
सोही साधारणसभाबाट कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट २ जना सञ्चालक नियुक्त भएका छन् ।









