आज मंगलबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुइ कम्पनीले भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछन्
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोज २३ गते ७औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सोही सभाले हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाले असोज २९ गते ९औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको । एनआईबिएल ग्रोथ फण्डले प्रतिफल वितरण प्रयोजनार्थ असोज १६ गते बुकक्लोज गर्दैछ । एनआईबिएल ग्रोथ फण्डले करसहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।









