सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा भएको हो ।
जसमध्ये सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ का इकाइधनीहरुलाई करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाइधनीहरुलाई करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरिएको छ ।
लाभांश वितरण प्रयोजनका लागि ३ वटै फण्डले असोज २३ गते बुक क्लोज गर्ने भएका छन् । यसर्थ, असोज २२ गतेसम्म कायम इकाइधनीहरुले यी ३ वटै फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।









