Thursday, June 25, 2026
spot_img

छालाको सुरक्षाको लागि ५ टिप्स

spot_img
spot_img
सौन्दर्यविज्ञ नारायण भट्टराई 
के हो छाला ?
९० प्रतिशत भन्दा बढी कोलाजीन प्रोटिनले बन्ने यो अंग शरिरको सबैभन्दा ठूलो ग्रन्थी हो । जसलाई बनोटको दृष्टिले ढर्मीस र इपीढर्मीस गरी दुई भागमा वर्गीकरण गरिन्छ ।
कम उमेर मै छाला चाउरी पर्ने समस्या, कारण र निदान
मानव शरिरको प्रत्यक्ष सौन्दर्यतासँग जोडिएकोले पनि छालाको हेरचाहा वैज्ञानिक तरिकाले गरिनु अपरिहार्य छ ।
किन चाउरी पर्छ त छाला ?
बुढ्यौलीपनासँगै छालामा पर्ने चाउरीपना त स्वभाविकनै हो तर कम उमेरमा पनि यो समस्या देखिनु भनेको विभिन्न स्वास्थ्य समस्यासँग प्रत्यक्ष जोडिएको हुन्छ । शरिरमा पर्याप्त पानीको कमी, पोषक तत्वको कमी भिटामिन ए, सी र प्रोटिनको कामी मानसिक तनाव, अध्याधिक चुरोटको सेवन, थाइरोइड हर्मोनको उतारचढाव लगायतले छालामा समस्या देखा पर्दछ ।
कम उमेरमै छाला चाउरी पर्नबाट रोक्न के गर्ने ?
वास्तवमा हामीले अपनाउने जीवन शैलीमा परिवर्तन गर्नु नै समस्याको निदान हो ।
कस्ता खानेकुराहरु छालाका निम्ति उपयुक्त मानिन्छन् ?
स्वस्थ छालाका निम्ति मुख्य रुपमा मेवा, गाजर, कागती, अमला, काक्रो, खर्बुजा जस्ता भिटामिन ए र सी साथै मिनरल्सयुक्त खानाहरु नै सेवन गर्नु राम्रो हुन्छ । त्यस्तै गेडागुडी, माछा र मासु जस्ता प्रोटिनयुक्त खानेकुराहरु पनि छालाको निम्ति अपरिहार्य छन् ।
स्वस्थ छालाको लागि कुन क्रिम उपयुक्त छ त ?
सर्सर्ती हेर्दा सुख्खा छालाको लागि मोइष्टराइजरको अधिकतम प्रयोग गर्नु पर्दछ । यसमा ओइल बेस  मोइष्टराइजरको छनौट गरेमा राम्रो मानिन्छ भने औली छालामा छिटो सुक्ने खालको  मोइष्टराइजर प्रयोग गर्नु पर्दछ । तथा धेरै मोइष्टराइजर प्रयोग गर्नुपर्छ भन्ने पनि छैन । आजकाल बजारमा पाइने क्रिमहरुले मानव शरिरको छालामा गम्भीर समस्याहरु देखाईरहेका छन् । त्यसकारण क्रिमको प्रयोग गर्नु पूर्व हामीले आफ्नो छालासँग मिल्ने अनि अवश्यकता अनुसारको छनौट गर्नु पर्दछ । अन्यथा हामीसँग पछुताउने बाहेक अर्को विकल्प रहँदैन ।
प्राकृतिक रुपमा पनि छालालाई चाउरीपना हुनबाट बचाउन सकिने हामीसँग धेरै उपायहरु छन्– जस्तै आधा हरियो काँक्रोको टुक्रालाई कागती पानीमा एक रात भिजाएर हप्तामा एक पटक आधा घन्टासम्म अनुहारमा राखेमा छाला चाउरी हुनबाट बचाउन सकिन्छ । चाउरी सकेको छालालाई पाकेको (पहेँलो) काँक्रोलाई एक इन्चका टुक्राहरु बनाएर कागती, घिउ (चिउरीको) बेसनको हल्का पातलो झोलमा ६ घन्टा भिजाएर हप्तामा २ पटक ४५–६० मिनेट प्रभावित क्षेत्रमा राखेर ३–४ महिनाको उपचार गरेमा चाउरिएको छाला राम्रो भएर आउँदछ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img