Thursday, June 25, 2026
spot_img

८२ प्रतिशतले बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा

spot_img
spot_img

निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ६९ करोड २३ लाख नाफा आर्जन गरको छ ।

कम्पनीको खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष खुद प्रिमियम आम्दानी १ अर्ब ११ करोड रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड छ ।

कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षमा २ अर्ब १ करोड रहेकोमा गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड पुगेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५२ पैसा रहेकोमा गत आर्थिक वर्षमा २४ रुपैयाँ ६७ पैसा छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा छ । मंगलबार दोस्रो बजारमा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १०३१ रुपैयाँ छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...
spot_img