Sunday, August 30, 2026
spot_img
spot_img

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग

spot_img

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पु-याउने उद्देश्यले बैंकले सो कोषमा रकम सहयोग गरेको जनाएको छ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पु-याउने यस मानविय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको छ ।

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, यस घटनामा परी हालसम्म पनि सम्पर्कमा नआएका व्यक्तिहरुको सकुशल उद्धार एवं घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ?

भोटेकोशी नदीमा आएको बाढीले गराएको मानवीयसँगै भौतिक क्षतिको यकिन...

रसुवा बाढी प्रभावितका लागि नाइमाद्वारा ५० लाख सहयोग

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको...

स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ सुरु हुने

स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा...

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीले भने “ढुक्क हुनुहोस्, पैसाको अभाव हुन दिनेछैनौँ”

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न...

तोलामै ९५ सयले घट्यो सुनको भाउ

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

बाढी पीडितलाई १२ सय ५० सिलिण्डर ग्यास सहयोग

नेपाल एलपी ग्यास उद्योग संघले बाढी प्रभावितहरुका लागि १२...