नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव श्रेष्ठ चयन भएका छन् । मञ्चको ८औँ वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षमा सर्वसम्मत रुपमा नयाँ कार्यकारिणी समिति चयन गरेको हो । श्रेष्ठ लक्ष्मी ग्रुपमा आवद्ध छन् ।
मञ्चका निवर्तमान अध्यक्ष आप्पा शेर्पा निवर्तमान अध्यक्षको रुपमा कार्यकारिणी समितिमा रहने छन् भने प्रथम उपाध्यक्षमा सन्दीप शर्मा र द्वितीय उपाध्यक्षमा सौरभ श्रेष्ठ चुनिएका छन् ।
कार्यकारिणी समिति सदस्यहरुमा सरोन अधिकारी, सायन प्रजापति, श्रेया गिरी, शन्तोष पाण्डे र सुरक्षा अधिकारी चयन भएका छन् । यस्तै, अमृताञ्जली शाक्य, इच्छा मल्ल, चेछी शेर्पा, प्रियान्सी जलान, निखिल अग्रवाल र अश्लेषा कार्की पनि कार्यकारिणी समिति सदस्यमा चुनिएका छन् ।
मञ्चको साधारणसभा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीको प्रमुख आतिथ्यता र उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।









