प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार अपराह्न ५ बजेका लागि बैठक बोलाएका हुन् ।
निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने लगायतका एजेन्डामा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ ।
तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग लगायतका केही संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिको निर्णय हुन सक्ने बताइन्छ ।









