वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम चालेको छ । राष्ट्र बैंकले आज वित्तीय अपाराध न्यूनीकरणको लागि खाता रोक्का गर्ने सम्बन्धमा नयाँ निर्देशन जारी गरेको हो ।
नयाँ निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न कुनै कसुरको अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने अधिकारीको मौखिक÷लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि रोक्का राख्नु पर्ने छ । खाता रोक्का गर्ने व्यवस्था मिलाउन बैंकले 24/7 कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
त्यस्ता कार्यका लागि बैंकले Dedicated Contact Number आफ्नो वेबसाइटमा राख्नुपर्नेछ । कुनै कसुरको अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने अधिकारीले इजाजतपत्रप्राप्त संस्थासँग विवरण माग गरेमा सोझै यथाशिघ्र उपलब्ध गराउने ब्यवस्था पनि बैंकले मिलाउनु पर्नेछ ।












