Saturday, June 13, 2026
spot_img

ईभीमा १३० प्रतिशतसम्म कर

spot_img
spot_img

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधनमा मोटर पावरको आधारमा कर लाग्ने प्रावधान हटेको छ । यसअघि पीक पावरका आधारमा कर लाग्दै आएकोमा सरकारले यसलाई परिमार्जन गरेको हो । अब सबै प्रकारका विद्युतीय कारमा २० प्रतिशत भन्सार महशुल लाग्नेछ । गाडी आयात गर्दा भन्सारमा घोषणा हुने मूल्यमा २० प्रतिशत भन्सार महशुल लाग्ने प्रावधान ल्याइएको हो ।

यस्तै, ईभीमा अन्तःशुल्क पनि खारेज गरिएको छ । बजेटमार्फत अन्तःशुल्क खारेज गरेर सरकारले नयाँ कर ‘स्वच्छ पूर्वाधार शुल्क’ लगाउने भएको छ । यो पनि मूल्यका आधारमा लाग्नेछ ।

यस अन्तर्गत २० लाखसम्म मूल्य तोकिएका ईभीमा २.५ प्रतिशतमात्र स्वच्छ पूर्वाधार शुल्क लाग्नेछ । अर्थात्, यो समूहमा पर्ने ईभीमा २० प्रतिशत भन्सार र थप २.५ प्रतिशत स्वच्छ पूर्वाधार शुल्क लाग्नेछ ।

३० लाखभन्दा बढी ४० लाखसम्म मूल्यका ईभीमा १५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ । यसआधारमा यो समूहका ईभीको आयातमा २० प्रतिशत भन्सार र १५ प्रतिशत स्वच्छ पूर्वाधार शुल्क गरी जम्मा ३५ प्रतिशत कर लाग्नेछ ।

४० लाखभन्दा बढी ५० लाखसम्म मूल्य तोकिएका ईभीमा ७० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क तोकिएको छ । यसकारण यो समूहमा पर्ने ईभीमा २० प्रतिशत भन्सार महशुल र ७० प्रतिशत स्वच्छ पूर्वाधार शुल्क गरेर कुल ९० प्रतिशत कर लाग्नेछ ।

५० लाखभन्दा माथिका ईभीमा २० प्रतिशत भन्सार र ११० प्रतिशत स्वच्छ पूर्वाधार शुल्क गरेर १३० प्रतिशत कर लाग्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एलन मस्क बने विश्वकै पहिलो ट्रिलिनियर, स्पेसएक्सको आईपीओपछि १० खर्ब डलर नाघ्यो सम्पत्ति

अमेरिकी धनाढ्य एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (डलर खर्बपति)...

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई...
spot_img