सरकारले आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार आज सार्वजनिक गरिएको बजेटले आर्थिक वृद्धि ७ प्रतिशत हुने र मूल्यवृद्धि ६ प्रतिशतमा सिमित गरिने लक्ष्य लिएको बताएका हुन् ।
उनले आज आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका हुन्। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री वाग्लेले १ खर्ब २४ अर्ब ३४ करोडको बजेट प्रस्तुत गरेका हुन् ।
विनियोजनमध्ये १२ खर्ब ७० अर्ब चालु खर्चका लागि र ४ खर्ब ३१ अर्ब पूँजीगत खर्चका लागि छुट्याइएको छ । ४ खर्ब २२ अर्ब वित्तीय व्यवस्थापन (ऋणको साँवा र ब्याज भूक्तानी)का लागि छुट्याइएको छ ।
बजेटको स्रोततर्फ राजस्वमार्फत १४ खर्ब ५ अर्ब र विदेशी अनुदानबापत ६१ अर्ब प्राप्त हुने अर्थमन्त्रीले जनाएका छन् । यस्तै, २४७ अर्ब विदेशी ऋण र ४१० अर्ब आन्तरिक ऋणमार्फत जुटाइने उनको भनाइ छ ।












