Wednesday, June 10, 2026
spot_img

वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४ गते हुने

spot_img
spot_img

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४ गते हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघलाई विधान, प्रचलित कानुन तथा स्थापित प्रक्रिया अनुसार गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै विशेष साधारणसभा तथा निर्वाचन गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको पत्रमा संघका बहुमत पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिएको जानकारी प्राप्त भएको र बहुमत पदाधिकारीले राजीनामा दिएपछि संघको सल्लाहकार समितिले विधानबमोजिम कार्यसमिति स्वतः विघटन भएको निष्कर्ष निकाल्दै प्रवन्ध समिति गठन गरी विशेष साधारणसभा बोलाउने निर्णय गरेको उल्लेख छ ।

अब जेठ २४ गते विशेष साधारणसभासहित नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ ।

प्रशासनले प्रहरी परिसर काठमाडौंलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि बोधार्थ पठाएको छ ।

यसअघि संघका अध्यक्ष भुवनसिंह गुरुङले मनपरी ढंगबाट काम गरेको आरोप लगाउँदै महासचिव महेश बस्नेतसहित बहुमत पदाधिकारी तथा सदस्यहरूले वैशाख १४ गते सामूहिक राजीनामा दिएका थिए । त्यसपछि पूर्वअध्यक्षहरू समेतको सहभागितामा प्रवन्ध समिति गठन गरिएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोराही सिमेन्टको ४ करोड कित्ता बढी शेयरको लकईन अवधि असारमा सकिँदै

घोराही सिमेन्ट इन्डस्ट्रीज लिमिटेडको ४ करोड कित्ता बढी शेयरको...

एमसीसी अन्तर्गत दुई नयाँ सबस्टेशन र २९७ किलोमिटर प्रसारणलाइन निर्माण सुरु

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज...

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...
spot_img