कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज जेठ १३ गते अन्तिम दिन रहेको छ। कम्पनीले जेठ ८ गतेदेखि आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले बझांगमा १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ।
कम्पनीका अध्यक्ष खगेश्वर बोहोरा हुन् भने अन्य संचालकमा उमेश श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् ।












