Tuesday, May 26, 2026
spot_img

काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुँदै

spot_img
spot_img

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

विद्युत् खपत बढाउने र सहरमा सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ भूमिगत प्रसारण लाइन निर्माण हुन लागेको बताइएको छ । प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म सो प्रसारण लाइन जोडिनेछ । बालाजु सवस्टशेनदेखि सिंहदरबारसम्म जोडिने सो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ । डलब सर्किट सो प्रसारण लाइन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुनेछ ।

यस्तै, महाराजगञ्जमा एक सय ३२/११ केभी राजदरबारमा एक सय ३२ /११ केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ । यस्तै, रत्नपार्कमा एक सय ३२/११ केभी र सिंहदरबारमा एक ३२/६६/११ केभी क्षमताको सवस्टेशन समेत निर्माण हुनेछ ।  सो प्रसारण लाइनको क्षमता १३२ केभी बराबर रहनेछ । भूमिगत डबल सर्किट रहने सो प्रसारण लाइनमा ३५० मेगावाटसम्मको विद्युत् शक्ति प्रवाह हुनेछ । सो प्रसारण लाइन लाइनमा २१ ‘ज्वाइन्ट पिट्स’हरु निर्माण हुनेछ । त्यसको अधिकतम दूरी ५०० मिटरसम्म हुनेछ । आयोजना निर्माणको लागि कूल एक दशमलव ६२ हेक्टर जमिन आवश्यक पर्नेछ ।

प्राधिकरणले यसअघि रत्नपार्क महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ । काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा समेत भूमिगत प्रसारण लाइन निर्माणको क्रममा छ । पोखरा र भरतपुरमा समेत भूमिगत प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बेलायतका नेपाली समुदायको ठूलो उत्सवको रुपमा रहेको गोर्खा कप सम्पन्न 

बेलायतको नेपाली समुदायको सबैभन्दा ठूलो खेलकुद तथा सांस्कृतिक उत्सव...

राष्ट्र बैंक ऐन संशोधन हुँदै: गभर्नर बन्न कडा मापदण्ड, ५ जना स्वतन्त्र संचालक

सरकारले नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी अघि बढाएको...

सोपान मल्टिपल कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने

इन्भेष्टमेन्ट कम्पनी सोपान मल्टिपल कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान...

प्रधानमन्त्रीको चासोः एफएनसीसीआई, सीएनआई र चेम्बरको दर्ता प्रक्रिया र यीनको काम के हो ?

प्रधानमन्त्री बालेन्द्र शाहले आज भोलीमै निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेट...

स्नो रिभर्सको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको...

सुनचाँदीको भाउमा गिरावट

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img