आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५० हजार ३ सय ४० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ५० रुपैयाँ तोकिएको छ ।












