Wednesday, June 10, 2026
spot_img

माउण्टेन ड्यू पिउँदा उपभोक्तालाई वान्ता भएपछि बिकी वितरणमा रोक

spot_img
spot_img

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले माउण्टेन ड्यूको बिकी वितरणमा रोक लगाएको छ । विभागले काठमाडौँको पेप्सीकोलास्थित वरुण बेभरेज (नेपाल) प्रालिको ब्याच नं. १६८ को पेयपदार्थ बिक्रीवितरणमा रोक लगाएको छ ।

विभागको टोलीले सामाजिक सञ्जालबाट आएको गुनासोका आधारमा आकस्मिक अनुगमन गर्दै उक्त ब्याचको पेयपदार्थमा कैफियत देखिएको आशङ्कामा बिक्रीवितरणमा रोक लगाएको हो ।

काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक उपभोक्ताले माउण्टेन ड्यु सेवन गर्दा बान्ता भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागको उद्योगमा निरीक्षण गरेको थियो ।

विभागका अनुसार अनुगमनमा उपभोक्ताले सेवन गरेको ब्याच नं. १६८ (मितिः ०३–०४–२६) को २५० मिमी प्याकका उत्पादनमध्ये उद्योगको गोदाममा एक क्रेट मात्र फेला परेको र बाँकी उत्पादन डिलरमार्फत बजारमा पठाइसकिएको पाइएको छ ।

त्यसपछि विभागले उक्त ब्याचको उत्पादनमा प्रयोग भएको कच्चा पदार्थको विस्तृत विवरण र खाद्य स्वच्छतासम्बन्धी अभिलेख ५ दिनभित्र विभागमा पेश गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको छ । साथै, सो ब्याचको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । प्रयोगशालाको विश्लेषण प्रतिवेदन प्राप्त नभएसम्म उक्त ब्याचका पेयपदार्थ बिक्रीवितरण नगर्न उद्योग र सम्बन्धित डिलरलाई निर्देशन दिइएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालंगा हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार...

सर्वसाधारणले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

विभागबाट अनुमति पाएका हाइड्रोपावरको अवस्था र प्रगति अध्ययन समितिले प्रतिवेदन बुझायो

विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान...

ई–भिताराको मूल्य घट्यो

नेपालमा सुजुकी गाडीको आधिकारित आयातकर्ता सिजी मोटोकर्प प्रा.ली.ले ‘ई–भितारा’को...

गृहमन्त्रीले गरे ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने निर्णय

गृह मन्त्रालयले ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने भएको छ ।...
spot_img