Friday, July 3, 2026
spot_img

महासंघले भन्यो, ‘उद्योगी व्यवसायी र बैंकर पक्राउले नकारात्मक सन्देश प्रवाह भयो’

spot_img

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक मुद्धाको अनुसन्धानका नाममा उद्योगी व्यवसायी, निर्माण व्यवसायी र बैंकरहरुलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्र/बैंकिङ क्षेत्रका नेतृत्वदायी उच्च पदस्थ व्यक्तिहरूलाई फौजदारी कसूरको शैलीमा धरपकड गरिने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना भई लगानीकर्ता र व्यवसायिक जगतमा नकारात्मक सन्देश प्रवाह गरेको महासंघले जनाएको छ ।

यसका साथै आम सर्वसाधारणको निक्षेप संकलन गरि जनविश्वासमा आधारित बैंकको कर्जा असुली गरेको कारणबाट बैंकका कार्यकारी अधिकृतको पक्राउले बैंकिङ्ग क्षेत्रको साखमा नै असर पर्न सक्ने भन्दै महासंघले यस्ता घटनाले बैंकिङ्ग क्षेत्रबाट कर्जा प्रवाह सम्बन्धि गरिने निर्णय क्षमतामा पनि प्रभाव पर्ने तथा लगानी संकुचन हुन गई देशको समग्र आर्थिक प्रणालीमा समेत नकारात्मक असर पर्न जाने जोखिम औल्याएको छ ।

सरकारले प्रारम्भिक अनुसन्धान गर्नु अगावै उद्योगी व्यवसायीलाई पक्राउ गर्ने, मिडिया ट्रायल गर्ने जस्ता कार्य गर्दा सम्बन्धित व्यवसायीहरुको मान प्रतिष्ठामा समेत आँच पुग्न जाने हँुदा यस्ता अनुसान्धान गोप्य रुपमा गर्न र उद्योगी व्यवसायी माथी देवानी दायित्व सिर्जना हुने मुद्धाको छानविन, अभियोजन सोही अनुरुप गर्न पनि महासंघले आग्रह गरेको छ ।

नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको स्मरण गराउँदै यसबारे सरकारलाई गम्भीर हुन सरकारलाई आग्रह गरिएको छ ।

विगत चार वर्षदेखि शिथिल बन्दै गईरहेको अर्थतन्त्र हालै बनेको करिब दुई तिहाईको सरकारले लिने नीति र व्यवसायीमैत्री व्यवहारपछि गतिशिल बन्ने अपेक्षा निजी क्षेत्रले गरेको भएपनि यस्ता गतिविधिले लगानी अभिबृद्धि हुने, लगानीकर्ता सुरक्षित महसुस गर्ने विषयबाट विमुख हुन नपरोस् भन्ने चाहनासहित महासंघले व्यवसायिक आत्मविश्वास बढाउने वातावरण निर्माण गर्न सरकारसँग अपिल पनि गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आगामी मौद्रिक नीतिबारे अर्थ समितिले विज्ञसहित छलफल गर्दै

प्रतिनिधिसभाको अर्थ समितिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा...

निजामती कर्मचारीलाई सिंहदरबारभित्रै स्वास्थ्य सेवा

सिंहदरबारभित्रै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ...

वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण

महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक...

संवैधानिक नियुक्तिका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।...

तोलामै ७२ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

बालेन शाहको प्रस्तावः हरेक नेपालीलाई सैनिक तालिम

सरकारले चाहेको बेलामा जोसुकैलाई पनि सेवा दल (सैनिक तालिम)को...
spot_img