टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २३ गतेदेखि आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता शेयर निष्काशन गरेको हो।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशन गर्नको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ ।
कम्पनीका अध्यक्ष अजय बल्लभ पन्त हुन्।












