Thursday, June 25, 2026
spot_img

यसपटक मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने, कहाँ कति ?

spot_img
spot_img

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुको जलवायु आँकलन सार्वजनिक गरेको छ। विभागले  १८ जेठ देखि १४ असोजसम्मको मनसुन ऋतु जलवायु आँकलन सार्वजनिक गरेको हो।

जस अनुसार जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भाव रहेको छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश भू-भाग, मधेश प्रदेशका पूर्वी भू-भाग र कोशी प्रदेशका दक्षिणी भू-भागमा सरदर भन्दा कम वर्षा हुने संभावना ५५% देखि ६५% रहेको छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भाग, मधेश प्रदेशका पश्चिमी भू-भाग र कोशी प्रदेशका मध्य भू-भागमा सरदर भन्दा कम वर्षा हुने संभावना ४५% देखि ५५% रहेको छ। त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भू-भाग तथा कोशी प्रदेशका उत्तरी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५% देखि ४५% रहेको छ भने देशका बाँकी भू-भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५% देखि ४५% रहेको  विभागले जनाएको छ।

विभागका अनुसार अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहको छ। सुदूरपश्चिम प्रदेशका उत्तर-पूर्वी भू-भाग, कर्णाली प्रदेशका उत्तरी भू-भाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर-पूर्वी तथा दक्षिणी भू-भाग, बागमती प्रदेश पश्चिमि भू-भाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भू-भाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भू-भागमा अधिकतम तापक्रम सरद भन्दा बढी हुने संभावना ५५% देखि ६५% रहेको छ। कोशी प्रदेशका मध्य भू-भाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भू-भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने संभावना ३५% देखि ४५% रहेको छ भने देशका बाँकी भू-भागमा सरदर भन्दा बढी हुने सम्भावना ४५% देखि ५५% रहेको छ।

विभागले यस आँकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानी प्रारुपहरुको आँकलन र South Asian Seasonal Climate Outlook Forum (SASCOF) को आँकलनको आधारमा तयार गरेको हो। साथै नेपालको मनसुन ऋतुको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने El Nino and Southern Oscillation (ENSO) तथा हिन्द महासागरमा विकसित हुने Indian Ocean Dipole (IOD) को हालको अवस्था तथा जलवायु प्रारुपहरुको मनसुन ऋतुको आँकलन, युरोप तथा एशियामा गत हिउँद तथा प्रि मनसुनको ऋतुमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकहरुलाई समेत मध्यनजर गरिएको विभागले जनाएको छ।

विभागका अनुसार हाल प्रशान्त महासागरमा ENSO तटस्थ (neutral) अवस्थामा रहि El Nino अवस्था तर्फ उन्मुख रहेको साथै हिन्द महासागरमा विकसित हुने IOD हाल तटस्थ अवस्थामा रहेको र आगामी मनसुन ऋतुको अन्त्य सम्ममा धनात्मक अवस्थामा पुग्ने विश्वव्यापी प्रारुपहरुको आँकलन रहेको छ । यद्यपि ऋतुगत जलवायु बिभिन्न सामुन्द्रिक तथा वायुमण्डलिय प्रणालीहरु, भू-उपयोग जस्ता कुराहरुमा निर्भर हुने र जलवायु प्रारुपहरुलाई यस्ता प्रणाली ऋतु परिवर्तन समयमा सतप्रतिशत विश्वसनिय पूर्वानुमान गर्न कठिन हुने तथ्य मनन गर्नुपर्ने विभागले उल्लेख गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...
spot_img