Wednesday, June 24, 2026
spot_img

समृद्धि फाइनान्सद्वारा अनलाईन मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु 

spot_img
spot_img

समृद्धि फाइनान्सले अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु गरेको छ । फाइनान्सले भूमि व्यवस्थापन तथा अभिलेख विभागसंग समझदारी गरेर यो सेवा सुरु गरेको हो ।

समझदारी पत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र भुमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट महानिर्देशक शिव प्रसाद रेग्मीले हस्ताक्षर गरेका छन्।  यस अघि जग्गा धनी, ऋणी र वितीय संस्थाको प्रतिनिधी समेतको भौतिक उपस्थितिमा भूमि सुधार मालपोत कार्यालयको रहोबरमा धितो बन्धकी लिखित पारित गरिदै आएकोमा अब उपरान्त उक्त कार्य पूर्ण रुपमा सूचना प्रविधिमा आधारित रही भूमि प्रशासन निर्देशिका २०८१ बमोजिम रोक्का, फुकुवा सम्बन्धि सम्पूर्ण कार्यहरु अनलाईन हुने कम्पनीले जनाएको छ ।

फाइनान्सका अनुसार उक्त सुविधा यस फाइनान्सको केन्द्रिय कार्यालय मार्फत नेपाल अधिराज्य भरमा रहेको सम्पूर्ण शाखा कार्यालयहरुको समेत गर्न सकिनेछ । यो संगै ग्राहकले कर्जा उपभोग गर्दा छिटो छरितो तथा सहज रुपमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ  ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार...
spot_img