राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ शुक्रबार जारी गरेका छन् । सरकारले आज मात्रै सिफारिस गरेको उक्त अध्यादेश आजै राष्ट्रपतिले जारी गरेका हुन् ।
वित्तीय अपराध सम्बद्ध कसुरमा अनुसन्धान गर्ने अधिकार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि हुने गरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश सिफारिस गरेको थियो ।













