Friday, July 3, 2026
spot_img

विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण

spot_img

नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि बोलाएको छ । RCOD भनेको विद्युत उत्पादन गरिसक्नु पर्ने भनेर तोकिएको समय हो । RCOD तोकिएको समयमा सम्पन्न नगर्दा जरिवाना लाग्दछ ।

प्राधिकरणले  २०७१/०५/३१ को ६५८ औँ बैठकबाट निजी क्षेत्रका विद्युत प्रवर्द्धक कम्पनीहरूसँग सम्पन्न विद्युत खरिद बिक्री सम्झौता र ग्रिड कनेक्सन एग्रिमेन्टमा मा उल्लेखित ने.वि.प्रा. को दायित्वमा पर्ने प्रसारण लाइन तथा सवस्टेशन निर्माण कार्य सम्पन्न नभएको अवस्थामा विविध शर्तहरूको अधिनमा रही निर्माण सम्पन्न नभएका सम्वन्धित आयोजनाहरूको व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति (RCOD) संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

सोहि अनुसार प्राधिकरणले RCOD सम्ममा आयोजनाको निर्माण सम्पन्न नभएका  प्रवर्द्धकहरूलाई आफ्नो आयोजनाको RCOD थप गर्नको लागि ७ दिन भित्र विद्युत ब्यापार विभागमा सम्पर्क गर्न आग्रह गरेको हो ।

आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त भएको, आयोजनाको वित्तिय व्यवस्थापन (Financial Closure) सम्पन्न भएको, RCOD समाप्त हुनु अगावै RCOD संशोधनको लागि प्राधिकरणमा निवेदन पेश गरेको, र माथि उल्लेखित शर्तका अतिरिक्त आयोजनाले भौतिक निर्माण कार्य प्रारम्भ गरी प्राधिकरणको प्रशारण लाईन तथा सवस्टेसन को निर्माण प्रगतिको अनुपातमा प्रगती हासिल गरेकोले RCOD थपको सुविधा पाउने छन्   ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...
spot_img