Sunday, June 14, 2026
spot_img

नेप्सेको इन्फर्मेशन सिस्टमको अडिटको जिम्मा आर.एस.एम अल्फालाई

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेको इन्फर्मेशन सिस्टमको अडिट कार्यको जिम्मा आर.एस.एम अल्फा प्राइभेट लिमिटेडले पाएको छ । नेप्सेले आज सूचना जारी गर्दै सो कार्यको लागि प्राप्त प्रस्तावहरुमध्ये प्राविधिक तथा आर्थिक प्रस्तावमा आर.एस.एम अल्फाले  उच्चतम अंक प्राप्त गर्न सफल भएकोले सोहि प्रस्ताव छनौट गरिएको जनाएको छ ।

नेप्सेका अनुसार आर.एस.एम अल्फा प्राइभेट लिमिटेडले भ्याट सहित ४ लाख ५२ हजार ८ सय ५२ रुपैयाँ २ पैसामा नेप्सेको इन्फर्मेशन सिस्टमको अडिटको कार्य गर्ने छ ।

नेप्सेले यस अघि ४ वटा कम्पनीलाई प्राविधिक रुपमा योग्य ठहर गरेको थियो। प्राविधिक रुपमा योग्य ठहर भएका कम्पनीमा S.A.R. Advisors Private Limited, R.S.M. Alpha Private Limited, Green Tick Nepal Private Limited, र CryptoGen Nepal Private Limited रहेका थिए।

यी कम्पनीले पेश गरेका आर्थिक प्रस्ताव वैशाख २ गते दिउँसो १ बजे नेप्सेको कार्यालयमा खोलिएको थियो। प्राविधिक तथा आर्थिक प्रस्तावमा आर.एस.एम अल्फाले  उच्चतम अंक प्राप्त गर्न सफल भएकोले सोहि प्रस्ताव छनौट गरिएको नेप्सेले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एथरद्वारा एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम

वैद्य इनर्जी प्रा. लि. द्वारा सञ्चालित एथर इनर्जी नेपालले...

 नाइमा मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड सम्पन्न, ४९ ब्राण्ड सहभागी हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी...

एलन मस्क बने विश्वकै पहिलो ट्रिलिनियर, स्पेसएक्सको आईपीओपछि १० खर्ब डलर नाघ्यो सम्पत्ति

अमेरिकी धनाढ्य एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (डलर खर्बपति)...

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...
spot_img