आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५४ हजार ५ सय ४५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ४३ रुपैयाँ तोकिएको छ ।













