अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आश्वस्त पारेपछि शेयरबजार घट्ने क्रममा ब्रेक लागेको छ। आज सोमबार शेयरबजार परिसूचक नेप्से सूचक ८३.३३ अंकले घटेर २७६०.०२ को बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका ३४५ कम्पनीको २ करोड ५१ लाख ५५ हजार ८ सय ५४ कित्ता शेयर खरिद बिक्रीबाट १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८ सय ६३ रुपैयाँ २ पैसाको कारोबार भएको छ। जस मध्ये रिलायन्स स्पिनिंग मिल्सको सर्वाधिक १ अर्ब १३ करोडको कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ५४ करोड ९२ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका उपकार लघुवित्त, भुजुंग हाइड्रो, रिडी पावर र नेशनल हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। आज इक्विटी शेयर तर्फ रिलायन्स स्पिनिंग मिल्सको शेयर मूल्य सर्वाधिक १.६० प्रतिशत घटेको छ। आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये हाइड्रो समूह सर्वाधिक ४.५९ प्रतिशत बढेको छ।
सरकारले सम्पत्ति सुद्धीकरण समबन्धि अनुसन्धान अघि बढाएर विभिन्न व्यवसायीलाई पक्राउ गरेपछि शेयरबजारमा निरन्तर गिरावट आएको थियो। तर आज ब्रोकरहरु, तथा आर्थिक पत्रकारहरुसंगको भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अफवाहको पछाडी नलाग्न आग्रह गर्दै आम लगानीकर्तालाई आश्वस्त पारेपछि बजार बढेको हो।
मन्त्री वाग्लेले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु पर्ने भएकोले सरकारले त्यसका लागि सुशासनका काम गरिरहेको बताएका थिए । स्टक ब्रोकर एसोसियसनका पदाधिकारीसँगको भेटमा मन्त्री वाग्लेले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनको लागि नै अहिले सम्पत्ति सुद्धीकरण सम्बन्धि मुद्दामा अनुसन्धान अघि बढाएको र केहीलाई पक्राउ गरिएको बताएका थिए।
जनमतले नै यी कामको जिम्मेवारी दिएको र सरकारले यी काम गर्ने उनले स्पष्ट पारे। उनले केही अनुसन्धान पुरानै रहेको र अहिले अन्तिमतिर पुगेको बताए। उनले अपराध गरेकालाई उन्मुक्ति नहुने प्रष्ट पारे। छानीछानी प्रतिशोध भने नगर्ने उनले प्रष्ट पारे।
सरकार निजी क्षेत्र मैत्री रहेको भन्दै उनले रास्वपा र सरकार निजीक्षेत्र विराेधी नभएको स्पष्ट पारे। अर्थतन्त्रलाई कहाँबाट कहाँ पुर्याउने भनेर लागेको र अबको बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउँने उनले दाबी गरे।
नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँने भन्दै उनले हल्ला र गलत अफवाहको पछि कोही पनि नलाग्न आग्रह गरे । उनले भने ‘शेयर बजारमा सबै भन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राख्ने हामी हौँ । तर, अहिले अफवाह फैलाइँदैछ । यसको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । ‘













