Tuesday, September 8, 2026
spot_img

चुनावमा होमिएका पूर्व अर्थमन्त्रीहरुः वर्षमान बाहेक सबै हारे

spot_img

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ जना पूर्व अर्थमन्त्रीहरु मैदानमा थिए । प्रत्यक्ष तर्फबाट १६५ निर्वाचन क्षेत्रमध्ये ६ जना पूर्व अर्थमन्त्रीहरुले उम्मेदवारी दिएका थिए। एक जना पूर्व अर्थराज्यमन्त्री पनि उम्मेदवार बनेका थिए ।

तर, सार्वजनिक मतपरिणामअनुसार एक जनाबाहेक सबै पूर्व अर्थमन्त्रीहरु पराजित भएका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री (५ पटक अर्थमन्त्री बनेका) विष्णु पौडेल रुपन्देही २ बाट चुनाव हारे । पौडेलले रास्वपाका उम्मेदवार सुलभ खरेलसँग लज्जास्पद हार ब्यहोरेका हुन् ।

त्यसैगरी, पूर्व अर्थमन्त्री जनार्दन शर्मा पनि रुकुम पश्चिममा पराजित भएका छन् । माओवादी केन्द्रले नेकपा एकिकृत समाजवादीसँग एकता गर्दा असन्तुष्ट बनेर आफ्नै अगुवाईमा प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेर चुनावमा होमिएका शर्मा आफूले पटकपटक निर्वाचन जितिरहेको उक्त क्षेत्रमा यसपटक तेस्रो भए । त्यहाँ नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा (जनार्दन शर्माका पूर्व कार्यकर्ता) निर्वाचित हुँदा कांग्रेसका राजु केसी दोस्रो भए ।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ मा उम्मेदवार थिए । जहाँ रास्वपाका दीपककुमार साह निर्वाचित हुँदा कांग्रेसका कार्की निकै मतान्तरले दोस्रो भए ।

नुवाकोट १ मा उम्मेदवार बनेका पूर्व अर्थमन्त्री प्रकाशशरण महत पनि चुनाव हारेलका छन् । त्यहाँ रास्वपाका बिक्रम तिमिल्सिना विजयी भए  ।

यसैगरी, पूर्व अर्थराज्यमन्त्री उदयशमसेर जबरा पनि पराजित भएका छन् । ललितपूर १ बाट उम्मेदवार बनेका कांग्रेसका जबरा रास्वपाका बुद्ध रत्न महर्जनसँग पराजित भएका हुन् ।

तत्कालिन माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका वर्षमान पुन भने रोल्पा–१ बाट निर्वाचित भएका छन् । पुनले नेपाली कांग्रेसका सुदन कुमार वलीलाई पराजित गरेका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएपनि उनले उम्मेदवारी फिर्ता लिएर कांग्रेसलाई सघाउने निर्णय गरेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सद्वारा ५६ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार,...

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...